• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको बेपत्ता विमान




काठमाडौँ — हराइरहेको ताराको ट्विनअटर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । मुस्ताङको थासाङ गाउँपालिका २ सानोस्वारेमा दुर्घटनाग्रस्त अवस्थामा उक्त ट्विनअटर भेटिएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए ।
जोमसोमबाट नेपाली सेनाको टोली हेलिकोप्टरमार्फत सम्भावित क्षेत्रमा ट्विनअटर खोज्‍न गइरहेको बेलामा खोजी तथा उद्धार टोलीले दुर्घटनाग्रस्त विमानको भग्नावशेष भेटाएका हुन् । यसबारेमा थप विवरण आउन बाँकी छ ।
आइतबार बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको टुइनअटर खोज्‍न सोमबार बिहानदेखि नेपाली सेना र प्रहरीको टोली प्ररिचालित भएका थिए ।
पोखराबाट चालक दलका तीन र स्वदेशी तथा विदेशी १९ यात्रु बोकेर मुस्ताङको जोमसोम उडेको तारा एयरको ट्वीनअटर जहाज आइतबार बिहानदेखि सम्पर्कविहीन भएको थियो ।

Facebook Comments