• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बागचौरका संस्थापक मेयरः जसले गरे पाँच बर्षको पारिश्रमिक सामाजिक सेवामा लगानी




सल्यान जिल्लाको बागचौर नगरपालिकाको निवर्तमान नगरप्रमुख लोकमान बुढाथोकीले आफूले सेवा, सुविधा (तलब/भत्ता) बापत प्राप्त हुने सम्पूर्ण रकम व्यक्तिगत रूपमा नलिएर सामाजिक कार्यमा खर्च गर्नुभएको छ ।

बुढाथोकीले चुनावमा उम्मेदवारी घोषणा गर्दै गर्दा र निर्वाचित भइसकेपछि पनि मैले आफूले पाउने सेवा, सुविधा (तलबभत्ता) बापत प्राप्त हुने सम्पूर्ण रकम व्यक्तिगत रूपमा नलिएर सामाजिक कार्यमा खर्च गर्ने भनी सार्वजनिक रूपमा घोषणा गर्नुभएको थियो ।

नगरप्रमुखको सेवा सुविधा बापतको रकम र विभिन्न संघसंस्थाको बैठक भत्ता जोड्दा आउने कुल जम्मा रकम २३ लाख ६४ हजार २६५ रुपियाँमध्ये हालसम्म आर्थिक सहयोगस्वरूप गरिएको रकम १५ लाख २७ हजार ८६८ घटाउँदा बाँकी आठ लाख ३६ हजार ३९७ बचत छ ।

बचत रकममध्ये पाँच लाख ५५ हजार ५५५ रुपियाँ रकम बागचौर नगर कार्यपालिकाअन्तर्गतको स्थानीय शिक्षा समितिको मातहतमा रहने गरी छात्रवृत्ति अक्षयकोष स्थापना गरिने निवर्तमान बुढाथोकीले घोषणा गर्नुभएको छ ।

जसबाट बागचौर नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरुमा अध्ययनरत रहेर कक्षा १० को माध्यमिक शिक्षा परीक्षा एसइईमा सबैभन्दा उत्कृष्ट जिपिए अङ्क ल्याउने शहीद, बेपत्ता तथा द्वन्द्व पीडितका सन्ततिहरूमध्ये एकजना छात्रा र एकजना छात्रलाई र अन्य छात्र–छात्राहरुमध्येबाट एकजना छात्र र एक जना छात्रालाई प्रत्येक वर्ष अक्षयकोषको रकमबाट प्राप्त हुने ब्याज रकमबाट तोकिएको कार्यविधि बमोजिम सम्मानसहित छात्रवृत्ति रकम प्रदान गरिने उल्लेख छ ।

बाँकी रकम दुई लाख ८० हजार ८४१ रुपियाँ नेपाल पत्रकार महासङ्घ सल्यान शाखाअन्तर्गत रहने गरी एउटा अक्षयकोष स्थापना गरिनेछ र अक्षयकोषको रकमबाट आउने ब्याज रकमबाट प्रत्येक वर्ष एकजना उत्कृष्ट पत्रकारलाई तोकिएको कार्यविधि बमोजिम सम्मानसहित पुरस्कार रकम उपलब्ध गराइनेछ ।

साथै, नगरप्रमुखले नयाँलाई प्राथमिकता तथा जिम्मेवारी दिने भन्दै अबदेखि कुनै पनि सत्ताको जिम्मेवारी नलिने घोषणा गर्नुभएको छ ।

Facebook Comments