• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा भरुवा बन्दुक पड्किएर एक जनाको मृत्यु




दाङ, १४ जेठ  । दाङमा सिकार खेल्न जाने क्रममा भरुवा बन्दुक पड्किएर एकजनाको मृत्यु भएको छ । दाङ बंगलाचुली गाउँपालिका र लमही नगरपालिकाको सिमानामा पर्ने जंगलमा सिकार खेल्न जाने क्रममा भरुवा बन्दुक पड्किँदा लमही नगरपालिका वडा नं. १ बौराह निवासी कालुराम घर्ती मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले लमही १ बौराहबाट ५/७ जना व्यक्ति भरुवा बन्दुकलिएर जंगलतर्फ जाँदै गर्दा भरुवा बन्दुक पड्किएर घर्तिको मृत्युु भएको जानकारी दिए । सोहि क्रममा बंगलाचुली ८ राणीखुट्टी भन्ने स्थनमा संगैगएका बुद्धिराम घर्तीले बोकेको बन्दुक पड्किएको थियो । बन्दुक पड्किँदा कालुरामलाई लागेपछि उनको घटनास्थलमै मृत्यु भएको छ ।

घटना शुक्रबार दिउँसो १२ बजेतिरको हो । तर, प्रहरीलाई साँझ मात्रै खबर आएको थियो । खबर आएपछि तीन घण्टा हिंडेर प्रहरी घटनास्थलमा पुगेको प्रहरी उपरीक्षक काफ्लेले बताए ।

संगै गएका चार जना साथिहरुलाई पक्राउ गरि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट थप चार वटा भरुवा बन्दुक समेत बरामद गरिएको र घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए ।

Facebook Comments