• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
इच्छुकको २०औं स्मृति दिवसको अबसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न




जगत खनाल
राप्ती/प्रेस सेन्टर नेपाल राप्ती गाउँपालिका शाखाको आयोजनामा २०औं कृष्ण सेन (इच्छुक) स्मृति दिवसको अवसरमा अन्तरक्रिया तथा सम्मान कार्यक्रम भालुबाङ रामजहदी सामुदायिक बनको सभाकक्षमा सम्पन्न भएको छ ।No description available.
प्रेस सेन्टर नेपाल राप्ती गाउँपालिका शाखा अध्यक्ष जगत खनालको अध्यक्षता र राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्ने वक्ताहरुले साहित्य र कलमको माध्यम बाट इच्छुकले समाज परिवर्तन गर्न महत्त्वपूर्ण भुमिका खेलेको बताएका थिए ।No description available.
कार्यक्रममा प्रमुख अतिथी तथा गाउँपालिका अध्यक्ष प्रकाश बिष्ट , उपाध्यक्ष कमलापती चौधरी , नेकपा एमाले राप्ती गाउँपालिका कमिटी सचीव भरतमणी न्यौपाने , राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य ठाकुर प्रसाद आचार्य , एकीकृत समाजबादी लुम्बिनी प्रदेश कमिटी सदस्य मुकुन्द रोका नेकपाका जिल्ला सदस्य सुरज परियार , पुर्व जनप्रतिनिधि जगत बहादुर थापा लगायतले कृष्ण सेन इच्छुकको योगदानको बारेमा चर्चा गरेका थिए ।

उक्त कार्यक्रममा महान सहिद कृष्ण सेन इच्छुकको भालुबाङ चोकमा सालिक निर्माण गर्न महत्त्वपूर्ण योगदान गर्नु भएका १६ जनालाइ सम्मान पत्र र खादाले सम्मान गरिएको थियो । सम्मान पत्र पाउने हरुमा बाबुराम थापा , अर्जुन अधिकारि , नारायण शर्मा ,धर्मराज अधिकारी , किरण भण्डारी ,श्री बहादुर परियार , हरि बेलबासे , सुर्यप्रकास शर्मा , गन्ज बहादुर बिष्ट , बसन्त नेपाली , तपराज आचार्य , स्यामेस चौधरी , पदम बहादुर पाण्डे , जगत बहादुर थापा र महेस रिजाल रहनु भएको छ । यस्तै सञ्चार माध्यामबाट योगदान पुराएको राप्ती प्रेस मञ्चलाई पनि सम्मान गरिएको छ ।

नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका संगठन कमिटी उपाध्यक्ष नारायण शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन प्रेस सेन्टरका नेता चन्द्र खनाल ले गर्नु भएको थियो ।

Facebook Comments