घोराही, १२ जेठ । दाङ देउखुरी होटल व्यवसायी समितिले स्थानीय तह निर्वाचनमा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । समितिका अध्यक्ष दिपेन्द्र पुनको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।
यस्तै कार्यक्रममा बोल्दै समितिका अध्यक्ष पुनले होटल व्यवसायको मुख्य उद्देश्य नाफा कमाउनु मात्रै नभई सेवा प्रदान गर्नु भएको बताउनु भयो । होटल व्यवसायको स्तरबृद्धिका लागी वडा तहदेखी नगरसम्मका सबै जनप्रतिनिधिसंग समन्वय गर्दै अघि बढ्ने उहाँले बताउनु भयो । संघिय सरकारले रातको समयमा पनि व्यवसाय सञ्चालन गर्न अनुमती दिएपनि स्थानिय प्रसाशनले सुरक्षा संयन्त्रलाई प्रभावकारी बनाउन नसक्दा आफुहरु मारमा परेको बताउनु भयो । होटल व्यवसायीले पखेटा फिजाएर व्यापार गर्न सक्ने अबस्था नभएको भन्दै यसलाई सहजिकरण गरिदिन आवश्यक रहेको होटल व्यवसायीहरुको भनाई थियो ।
कार्यक्रममा घोराहीका नगरप्रमुख, उपप्रमुख सहित सबै वडाका वडा अध्यक्ष तथा सदस्यहरुलाई बधाई ज्ञापन गरिएको थियो । समितिका वरिष्ठ उपाध्यक्ष ईशवर बुढा मगरको स्वागत मन्तब्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण महासचिव टिकाराम भुषालले गर्नुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।