• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गठबन्धनलाई हराउँदै तुलसीपुरमा एमाले विजयी




दाङ, ११ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिकामा गठबन्धनलाई हराउँदै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नगरप्रमुखमा टिकाराम खड्का र उपप्रमुखमा स्यानी चौधरी विजयी भएका हुन् ।

खड्काले निकटतम प्रतिस्पर्धी गठबन्धनको तर्फबाट उम्मेदवार नेपाली काँग्रेसका गेहेन्द्र गिरीलाई ३६९१मतान्तरले पछि पार्दै विजयी भएका हुन् । खड्काले ३१ हजार ४०८ मत प्राप्त गर्नु भएको थियो, भने गिरीले २७ हजार ७१७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरका प्रमुख राजेश्वर अर्यालले बताए ।

त्यस्तै उपप्रमुखमा चौधरीले निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका जोगबहादुर रानालाई ९५३२ मत पछि पार्दै विजयी भएकी हुन् । चौधरीले ३० हजार ५९७ मत ल्याएकी थिइन् । भने रानाले २१ हजार ६५ मत ल्याएका थिए ।

त्यस्तै मेयरका उम्मेदवार जनता समाजवादीका टोपबहादुर महताराले ३८८., राप्रपाका जगधनी चौधरीले १२२१, लोकतान्त्रिक समाजवादी पार्टीका भुपेन्द्र भण्डारीले १२ नेकपा मालेका महेन्द्र शाहले १७९मत, राष्ट्रिय जनमुक्ति पार्टीका रविन्द्र उच्च नेपालीले ६९ मत, मंगोल नेश्नल अर्गनाईजेशनका जया घर्ती मगरले ४३२ मत ल्याएका थिए । भने त्यस्तै नेपाल लोकतान्त्रिक पार्टीका घनश्याम चौधरीले १३६१ ,नागरिक उन्मुक्ति पार्टीका जसबीर वलीले १६ मत ल्याएका हुन् ।

त्यस्तै उपमेयरका उम्मेदवार जनता समाजवादी पार्टीका धनसरा विकले ३८१,राप्रपाका प्रेमबहादुर शाहले २३७७,नेकपा मालेका फग्नी चौधरी १०८, राष्ट्रिय जनमुक्ती पार्टीका सीता चौधरीले ५४ मत, मंगोल नेश्नल अर्गनाईजेशनका डम्बर बहादुर छन्त्यालले ४३८ मत, स्वतन्त्र उम्मेदवार खेमराज वलीले २२३७.र शुशिल नेपालीले ११४ मत ल्याएका थिए । तुलसीपुर उपमहानगरपालिकामा यस अघि पनि एमालेले नै जितेको थियो । तुलसीपुरमा एक लाख एक हजार ४६० मतदाता रहेकोमा ७४हजार ३३६ मत खसेको थियो ।

 

Facebook Comments