• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रोल्पामा अटो रिक्सा दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते




रोल्पा,१० जेठ । रोल्पा नगरपालिका–२ सिमलवाङमा भएको अटो रिक्सा दुर्घटनामा १ जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो ४ वजे भएको दुर्घटनामा अटो चालक रोल्पा नगरपालिका वडा नं २ का २९ वर्षीय महेश कुँवरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।                                                                                        दुर्घटनामा ३ जना घाइते भएका छन् । सदरमुकाम लिवाङवाट माडीचौरतर्फ जाँदै गरेको रा १ ह ४३४७ नम्बरको सो अटो अनियन्त्रित भई सडकवाट करिव ५० मिटर तल खसेको थियो ।                                                                               घाइतेहरु रोल्पा नगरपालिका ७ माडीचौरका ५३ बर्षीय दलवहादुर पुनको वाँया हात र निधारमा चोट लागेको छ । यसैगरी सोही ठाउँ बस्ने वर्र्षीय ५२ का जानसिंह पुनको टाउको र मुखमा चोट लागेको छ । सोही ठाउँ बस्ने वर्ष ४७ का सहवीर खत्रीको दाहिने आँखामाथि चोट लागेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएकाहरुलाई उपचारका रोल्पा अस्पतालमा पठाइएको प्रहरीले बताएको छ ।

Facebook Comments