• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
तुलसीपुर-१६ मा स्वतन्त्रबाट  डाँगी विजयी




जेठ १०,तुलसीपुर। दाङको तुलसीपुर उपमहानगरपालिकामा स्थानीय तह सदस्य निर्वाचनको मतगणना भइरहेको छ।

हालसम्म तुलसीपुर उपमहानगरपालिकाका १९ वडा मध्य १६ वडाको नतिजा सार्वजनिक भएको छ। जस अन्तर्गत एमाले ८,कांग्रेस ४,माओवादी केन्द्र ३ र स्वतन्त्र उम्मेदवारले १ वडा जितेका छन्।

तुलसीपुर-१६ बाट पुतली चुनाव चिन्ह सहित स्वतन्त्र वडा अध्यक्ष पदका उम्मेदवार शिवानन्द डिसिले १३४४ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अमर बहादुर खड्काले ११५९ मत ल्याएर पराजित भएका छन्।
यस्तै महिला सदस्यमा रिखा शर्मा पोख्रेल १२९९,दलित महिला सदस्यमा पार्वती कामी १२४०,खुल्ला सदस्यहरुमा देव बहादुर चौधरी १३२५ र मोहनलाल थारु १२८७ मत ल्याएर निर्वाचित भएका छन्।
तुलसीपुर उपमहानगरपालिकामा अब बाकी १७,१८ र १९ वडा मतगणना गर्न बाकी रहेको छ।

Facebook Comments