काठमाण्डौं । काठमाण्डौंमा विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा एक जान शिक्षक पक्राउ परेका छन् । चाबहिलको सेन्ट लरेन्स कलेजका शिक्षक जनार्दन अधिकारीलाई प्रहरी बृत्त गौशालाले पक्राउ गरेको काठमाडौं प्रहरी परिसर, टेकुले जनाएको छ ।
अधिकारीले कलेजका छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै आज मंगलबार विद्यार्थीहरु आन्दोलित भएका थिए ।
त्यसपछि छलफलका लागि भन्दै शिक्षक र अभिभावकलाई प्रहरीले गौशालास्थित प्रहरी वृत्तमा बोलाएको थियो । त्यहीबीच सोधपुछ गरेर शिक्षक अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
