नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ बढाएर १८० रुपैयाँ पुर्याएको हो । निगमले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थ मूल्य वृद्धि भएको जानकारी दिएको हो।
यस्तै डिजेल र मट्टीतेलमा पनि मूल्य वृद्धि गरिएको छ । डिजिटल तथा मट्टीतेल अब प्रतिलिटर १६३ रुपैयाँ कायम गरिएको छ ।
खाना पकाउने एलपी ग्याँसमा प्रतिसिलिन्डर दुई सय रुपैयाँ मूल्य वृद्धि गर्दै १८ सय रुपैयाँ पुर्याइएको छ ।
यो नयाँ मूल्य आइतबार राती १२ बजेदेखि लागू भइसकेको छ । यसअघि बैशाख ३१ गते पेट्रोलियम पदार्थको मूल्य बढाइएको थियो ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।