• ४ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अस्पतालले सर्बसुलभ सेवा दिनुपर्छः मेयर चौधरी




शिवु खनाल
देउखुरी, ६ जेठ /लमहीमा तुल्सी स्याटलाइट हस्पिटल प्राली (नवजात शिशु तथा बाल अस्पताल) संचालनमा आएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरि अस्पतालको उद्घाटन गरिएको हो ।अस्पतालको उद्घाटन लमही नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख जोगराज चौधरीले गर्नुभएको हो ।No description available.

उद्घाटन पश्चात् लमही नगरपालिका नवनिर्वाचित नगर प्रमुख जोगराज चौधरीले अस्पतालहरुले सर्बसुलभ रुपमा सेवा दिन सक्नु पर्ने बताउनुभयो ।
उहाँले लमहीमा अस्पतालहरु क्रमशः खुल्दै जानू अत्यन्तै सुखद पक्ष भएको बताउनुहुदैँ, अस्पतालको संख्या बढाउनु भन्दा गुणस्तरीय सेवा प्रदान गर्ने तर्फ अस्पतालहरुले ध्यान दिनु पर्ने बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले लमही अस्पताललाई व्यवस्थित गर्नेमा आफू कटिबद्ध भएर लाग्ने बताउनुभयो ।

त्यस्तै नवनिर्वाचित नगर उपप्रमुख लक्ष्मी योगीले अस्पतालले सर्बसुलभ तरिकाले सेवा दिनु पर्ने बताउनुभयो । स्वास्थ्य मानिसका लागि नभई नहुने कुरा भएको बताउदै सबै नागरिकले छिटो छरितो सेवा पाएर स्वास्थ्य लाभ लिने वातावरण गराउन अस्पताल प्रशासनले ध्यान दिनुपर्ने बताउनुभएको छ ।

अस्पतालका डाक्टर किशोर खत्रीको अध्यक्षता तथा लमही नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यता एवम् उपप्रमुख लक्ष्मी योगीको विशिष्ट आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा अस्पतालका प्रशासन प्रमुख अकुर दाहाल र सहजीकरण फणाधर ढकालले गर्नुभएको थियोे ।

Facebook Comments