शिवु खनाल
देउखुरी, ६ जेठ /लमहीमा तुल्सी स्याटलाइट हस्पिटल प्राली (नवजात शिशु तथा बाल अस्पताल) संचालनमा आएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरि अस्पतालको उद्घाटन गरिएको हो ।अस्पतालको उद्घाटन लमही नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख जोगराज चौधरीले गर्नुभएको हो ।
उद्घाटन पश्चात् लमही नगरपालिका नवनिर्वाचित नगर प्रमुख जोगराज चौधरीले अस्पतालहरुले सर्बसुलभ रुपमा सेवा दिन सक्नु पर्ने बताउनुभयो ।
उहाँले लमहीमा अस्पतालहरु क्रमशः खुल्दै जानू अत्यन्तै सुखद पक्ष भएको बताउनुहुदैँ, अस्पतालको संख्या बढाउनु भन्दा गुणस्तरीय सेवा प्रदान गर्ने तर्फ अस्पतालहरुले ध्यान दिनु पर्ने बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले लमही अस्पताललाई व्यवस्थित गर्नेमा आफू कटिबद्ध भएर लाग्ने बताउनुभयो ।
त्यस्तै नवनिर्वाचित नगर उपप्रमुख लक्ष्मी योगीले अस्पतालले सर्बसुलभ तरिकाले सेवा दिनु पर्ने बताउनुभयो । स्वास्थ्य मानिसका लागि नभई नहुने कुरा भएको बताउदै सबै नागरिकले छिटो छरितो सेवा पाएर स्वास्थ्य लाभ लिने वातावरण गराउन अस्पताल प्रशासनले ध्यान दिनुपर्ने बताउनुभएको छ ।
अस्पतालका डाक्टर किशोर खत्रीको अध्यक्षता तथा लमही नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यता एवम् उपप्रमुख लक्ष्मी योगीको विशिष्ट आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा अस्पतालका प्रशासन प्रमुख अकुर दाहाल र सहजीकरण फणाधर ढकालले गर्नुभएको थियोे ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।