जगत खनाल/ निर्वाचन कार्यालय राप्ती गाउँपालिकाले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ ।
हिजो बिहीबार निर्वाचन अधिकृत हेमराज अर्यालको अध्यक्षतामा भएको एक कार्यक्रममा प्रमाणपत्र वितरण गरिएको थियो । नवनिर्वाचित अध्यक्ष प्रकाश बिष्ट , उपाध्यक्ष कमलापती चौधरी , सबै वडा अध्यक्षहरु , सबै निर्वाचित सदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरिएको हो ।
राप्ती गाउँपालिकाका कार्यकारी अधिकृत शोभाराम रिजालको संचालनमा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी , निवर्तमान उपाध्यक्ष जगदम्बा कुमारी चौधरी लगायतको उपस्थिति रहेको थियो ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।