• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
असोजमा हुनेभयो, नेपाल टि२० लिग




नेपाल टि२० लिग आगमी असोज ८ देखि कार्तिक ५ ९ सेप्टेम्बर २४ देखि अक्टोबर २२ ० सम्म आयोजना हुने भएको छ । नेपाल क्रिकेट संघ ९क्यान० ले बुधबार एक पत्रकार सम्मेलना गर्दै मिति घोषणा गरेको छ ।
नेपाल टि२० लिग आगमी असोज ८ देखि सुरु हुनेछ । फाइनल कार्तिक ५ मा हुनेछ । प्रतियोगिता टियु क्रिकेट मैदानमा हुनेछ । प्रतियोगिता होम तथा अवेका रुपमा गरि डबल राउन्ड रोबिनको आधारमा हुनेछ । पहिलो वर्ष ६ टोलीमात्र हुनेछन् । प्रतियोगिता झण्डै एक महिना सम्म चल्नेछ । ६ शहरको नाममा फ्रेन्चाइज टोलीको नाममा रहने क्यानले जनाएको छ ।

आगमी सिजनदेखि टोली संख्या बढाउँदै जाने क्यानका प्रशान्त विक्रम मल्लले जानकारी दिए । अक्सनमा खेलाडी ए, बी र सी ग्रेडमा विभाजन गरिनेछ । सी ग्रेडको खेलाडीले कम्तिमा पाँच लाख रुपैयाँ पाउने क्यान चन्दले जनाए ।

पाँचौं संस्करणको एभरेष्ट प्रिमियर लिग ९इपिएल० आगमी कार्तिक २६ देखि मंसिर १० ९नोभेमबर १२ देखि २६० सम्म आयोजना हुने आयोजकले जानएको छ । तर क्यानले अइपिएललाई मिति नदिएको जनाएको छ । इपिएल अहिलेको शैलीमा हुन नसक्ने क्यानले प्रष्ट पारेको छ ।

‘दुई वर्षको प्रयासपछि हामीले आज घोषणा गरेका छौं । यसले नेपालको क्रिकेट विकासमात्र होईन, आर्थिक विकास, पर्यटकीय र ब्यवसाहिक हिसाबले फड्को मार्ने विश्वास लिएका छौं’, क्यानका अध्यक्ष चतुर बहादुर चन्दले भने ।

भारतीय कम्पिनी सेभेन थ्रि स्पोट्र्स नेपाल टि२० लिगको रणनीतिक र कर्मसियल साझेदारीको रुपमा रहनेछ । क्यानले नेपाल टि२० आयोजना गर्न यसअसघि नै सेभेन थ्रि स्पोट्र्ससँग ८ वर्षको लागि ३३ करोडको बेचि सकेको छ ।

 

Facebook Comments