• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रतिपक्षको विश्वास जितेर काम गर्नेछौं-नवनिर्वाचीत अध्यक्ष




३ जेष्ठ, दाङ । स्थानिय तहको निर्वाचनबाट निर्वाचित भई बंगलाचुलीको सरकारको नेतृत्व गर्ने तयारीमा रहेका तुलसिराम पनुले प्रतिपक्षको विश्वास जितेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बंगलाचुली गाउँपालिकाको कमिरेचौरमा बिजय र्‍यालीलाई सम्बोधन गर्दै नवनिर्वाचीत पुनले एमालेको नाम नलिई प्रतिपक्षसँग सम्मानपूर्ण व्यवहार हुने बताए ।
‘हामीले स्वभाविक बिजय हासिल गरेका छौं । जनताले हाम्रो एजेण्डा र हामीले लिएका अडानलाई अनुमोदन गरेका छन्’ बंगलाचुलीका सम्पूर्ण वडामा निर्वाचित जनप्रतिनिधि लाई छेउमा राखेर पुनले भने, ‘अब हामी प्रतिपक्षसँग सहकार्य र सम्मानपूर्ण व्यवहार गर्दै बंगलाचुलीको विकास बाटोमा अघि बढ्छौं ।’

आरोप प्रत्यारोप र खण्डन मण्डनका सिलसिला चुनावसँगै सकिएको भन्दै पुनले बंगलाचुली अब सहज ढंगले अघि बढ्ने बताए । उनले अब राजनीति होइन विकासका कुरा अघि बढ्न बताए ।

सरकार सन्चालनमा निष्पक्षता, स्वच्छता र पारदर्शिता आफ्ना प्राथमिकता हुने उनले प्रष्ट पारे । ‘अब राजनीतिका कुरा होइन विकासका कुरा गर्छौं । हामीले जित्नेमात्र सोचेको थिएनौं, जितेपछि के गर्ने भन्ने पनि सोचेर अघि बढेका हौं’ एकता कायम गरेर विकास र सम्बृद्धिको बाटोमा लैजान्छौं ।’

उनले निर्वाचन सम्पन्न गराएकोमा सरकार र निर्वाचन आयोग, सुरक्षाकर्मी लगायत राज्यका सबै संयन्त्रहरु धन्यवादको पात्र रहेको रहेको बताए । उनले विकास र एकताको बाटोमा लैजान सबै मिलेर जानुको विकल्प नरहेको भन्दै सबैलाई सम्मानपूर्ण व्यवहार हुने प्रष्ट पारे ।

सबैभन्दा धेरै मत पाएर बिजयी गराएकोमा उनले मतदातालाई धन्यावद दिँदै भने, ‘मैले कतिपय जमानी बसेको छ,त्यो जमानी पनि पूरा गर्नेछु ।’

Facebook Comments