• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुन्टीगढी गाउँपालिका ९ मा नेपाली कांग्रेसको प्यानल विजयी




होलेरी / रोल्पाको रुन्टीगढी गाउँपालिका ९ नम्बर वडामा नेपाली कांग्रेसको पुरै प्यानल विजयी भएको छ । गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सो वडाका वडा अध्यक्षमा नेपाली कांग्रेसका चेतलाल खत्रीको प्यानल विजयी भएको हो ।

रुन्टीगढी गापा ९ का अध्यक्षमा चेतलाल खत्री लगाएत सदस्यहरुमा गायत्री वली, सुनिता बिक, टेकबहादुर बस्नेत र शिबराज खत्रीले विजयी हासिल गरेका हुन् ।

अहिलेसम्म रुन्टीगढी गाउँपालिकामा ८ वटा वडाहरु मत गणना सकिएको छ । जसमा रुन्टीगढी गाउँपालिका १ मा नेपाली कांग्रेस, २ नम्बर वडामा नेकपा माओवादी केन्द्र, ३ नम्बर वडामा नेकपा एमाले, ४ नम्बर वडामा नेपाली कांग्रेस, ५ नम्बर वडा नेकपा एमाले, ६ मा नेकपा एमाले, ७ नम्बर वडामा नेकपा माओवादी केन्द्र, ८ नम्बर वडामा नेकपा माओवादी केन्द्र र ९ नम्बर वडामा नेपाली कांग्रेसले विजयी हासिल गरेका छन् । योसंगै नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र र नेकपा एमाले ३/३ वडामा जित हासिल गरेका हुन्  ।

पालिकाको अध्यक्ष / उपाध्यक्षमा नेपाली कांग्रेसले जित हासिल गर्न सफल भएको छ ।

 

Facebook Comments