दाङ – स्थानीय तह निर्वाचनअन्तर्गत राजपुरमा कांग्रेस मेयरका उम्मेदवार शरद बुढाथोकी आफ्नो अग्रतालाई कायम राखेका छन्।
रात्री प्रावि गंगडिमा जारी मतगणनाका क्रममा बुढाथोकीले हालसम्म ३हजार ६ सय ९३ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी गोलाकार भित्र हँसिया हथौडाका(नेकपा माओवादी केन्द्र) चक्र बहादुर खड्काले ३हजार ४ मत पाएका छन्।
दुवैबीच बुढाथोकीले ६ सय ८९ मतको अन्तर कायम राखेका हुन्। यसैगरी, नेपाली काँग्रेस उपमेयरकी उम्मेदवार धनपति देवी
यादवले ३ हजार ५ सय ६८ मत पाएकी छन्।
उनीसँग सो पदमा प्रतिस्पर्धा गरिरहेका बाट गोलाकार भित्र हँसिया हथौडाका(नेकपा माओवादी केन्द्र) का उम्मेदवार पुष्पा यादवले ३ हजार १ सय ५६ मत पाएका छन्। हाल राजपुर गाउँपालिकाको ७ वटा वडामध्ये १, २, ३, ४, ६ र ७ बाट मतगणना भइसकेको छ भने वडा नम्बर ५ काे मतगणना भइरहेको छ। हालसम्म करिब १० हजार ८ सय ९७ मत गणना भएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
