• ६ जेष्ठ २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बंगलाचुलिमा शान्तिपूर्ण मतदान जारी ,४ बजेसम्म ६० प्रतिशत मत खस्यो




हिमाल महरा
बैशाख-३० बंगलाचुली
स्थानीय तहका लागि भइरहेको मतदानमा ४ बजेसम्म बंगलाचुलिमा ६० प्रतिशत मत खसेको छ ।

निर्वाचन अधिकृत श्री हिरण्ड प्रसाद भण्डारी अनुसार बिहान ७ बजेदेखि ४ बजेसम्म ६० प्रतिशतको हाराहारीमा मतदान भएको हो ।

बंगलाचुलिका सवै केन्द्रमा शान्तिपुर्ण तरिकाले मतदान भईरहेको उहाँले बताउनुभयो । ‘अहिले सबै मतदान केन्द्रबाट रिपोर्ट लिने काम जारी छ, उहाँले भन्नुभयो,–। ‘६० प्रतिशत मतदान भएको हुन सक्ने अनुमान गरिएको छ । बेलुका सम्म ८०-८५ प्रतिशत मत खस्ने सम्भावना रहेको छ ।

बंगलाचुलिमा १८ मतदान स्थल तय गरिएको छ । मतदान केन्द्रमा मतदाताहरुको उत्साहजनक सहभागी रहेको छ ।।

Facebook Comments