• ४ जेष्ठ २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
विकासमा पक्षविपक्षमा हुँदैनः शोभाराज विस्वकार्मा




बैशाख २७ दाङ, बंगलाचुली गाउपालिका वडा न. ३ का वडा अध्यक्ष पदका उम्मेद्वार शोभाराज विस्वकार्माले आफु विकासको पक्षपाती भएको बताउनु भयको छ ।
नेकपा माओवादी केन्द्रको तर्फबाट दोस्रो कार्यकाल बंगलाचुली वडा न. ३ वडा अध्यक्ष पदमा उम्मेद्वार बनुभयको शोभराजले सिस्ने अनलाइनसंग कुरा गर्दै त्यस्तो बताउनु भयको हो । उनले अघिल्लो कार्यकालमा शुरु गरिएका कामलाई पूर्णता दिंदै गर्दा वडाको एउटा विकासको झलक देखिने बताउँदै अझै धेरै काम गर्न बाकी रहेको बताउनु भएको छ । उहाँले समग्र वडाको विकासका काम पुरा गर्न मेरो दोस्रो कार्यकालको लागि उम्मेद्वारी हो ।’
उनले  आफ्नो पालामा पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, सुशासन, सडक, रोजगारी र आयआर्जनका क्षेत्रमा गरिएको विकासबाट आफु उत्साहित भएको बताउँदै अधुरा र अपुरा काम, तिनको लक्ष्य र कार्यभारको बारे जानकारी दिनुभयो । र भनुभयो ‘बंगलाचुली -३ मा जे जस्तो विकास भएको छ त्यस बाट म उत्साहित छु सायद आम वडाबासी पनि उत्साहित हुनुहुन्छ भन्ने मलाई लागेको छ । यो विकास मेरो एक्लो पहलबाट मात्र सम्भव भएको होइन, यसमा सबैको साथ सहयोग छ ।

Facebook Comments