• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घरदैलोमा भोट माग्ने मात्र नभएर जनताको समस्याको बारेमा बुज्दै – उम्मेदवाहरु




बैशाख, २४ दाङ ।
बंगलाचुलिमा गठबन्धनक उम्मेदवारले घरदैलो कार्यक्रमलाई जोड दिएको छ । पालिका निर्वाचनको मिति नजिकिँदै गर्दा गठबन्धनकले घरदैलो कार्यक्रमलाई जोड दिएको हो ।

बंगलाचुलिमा गठबन्धनका साझा अध्यक्ष पदका उम्मेदवार तुलसिराम पुन (सुवास) र उपाध्यक्षमा भाक्त बहादुर जिसि सहित नेता कार्यकर्ताको साथमा घरदैलो अभियानमा लागेको हो । घरदैलोसँगै उम्मेदवारले जनताको समस्या पनि बुझ्दै आएको अध्यक्ष पदका उम्मेदवार पुन बताए ।

बंगलाचुलीकाको ८ वटै वडामा घरदैलोमा भोट माग्ने मात्र नभएर जनताको समस्याको बारेमा जानकारी लिने गरेको पुनले सुनाए ।
बंगलाचुलिमा समस्या नै समस्या रहेको उनले बताए । बंगलाचुलिको भित्री बस्तीमा विकासका सामान्य पुर्वाधारको पनि अभाव रहेको छ ।

अहिले जनताको समस्याको बारेमा जानकारी लिएको र निर्वाचित भएपछि यसको सामाधान गरिने पुनले बताए । भ्रष्टाचारलाई न्यूनिकरण गर्ने मात्र नभई जरैदेखि निर्मूल गर्ने प्रतिबद्ध स्थानीय सरकार बनाउँने योजना सहित आफुहरु चुनावी मैदानमा होमीएको उनले बताए ।

बंगलाचुलिमा पाँच वर्ष भित्रमा घर र बस्ती पुगेको ठाउँमा बिजुली, खानेपानी, सञ्चार , यातायात , कृषि, रोजगारी, स्वास्थ्य सुविधा , शैक्षिक हब र गुणस्तर शिक्षाको गन्तब्य बनाउने लक्ष्य रहेको उपाध्यक्ष पदका उम्मेदवार भक्त बहादुर जिसले बताए ।

Facebook Comments