• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बंगलाचुली-३को प्रत्येक समस्या हाम्रो समस्या- उम्मेदवार




बैशाख -२४
वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनका लागि उम्मेदवारहरूले घरदैलो कार्यक्रम तीव्र बनाएका छन् ।
दाङको बंगलाचुली गाउपालिका वडा नं. ३ मा नेकपा माओवादी केन्द्रले चुनावी प्रचारप्रसार र घरदैलो कार्यक्रमलाई तीव्र बनाएकाे छ ।
बंगलाचुली वडा न. ३मा नेकपा माओवादी केन्द्र वडा अध्यक्ष पदका उम्मेदवार शोभाराज बिस्वकर्माले बंगलाचुली-३को प्रत्येक समस्या हाम्रो समस्या रहेको बताउनुभएको छ । चुनावी प्रचारप्रसार तथा घरदैलो अभियानका क्रममा यस्तो बताउनुभएको हो ।
भौगोलिक रुपमा विकट र दुर्गम ग्रामिण क्षेत्र रहेको बताउदै बिस्वकर्माले यहाँको जनजीवनलाई सहज र सरल बनाउदै आधारभुत आवश्यकताको विकास र योजना निर्माणमा साझा योजना अघि सार्ने प्रतिबद्धता जनाउनुभयो । सडक, शिक्षा, खानेपानी, विद्युत, लगायतका वडावासीको समस्यालाई आफ्ना समस्याको रुपमा अघि सार्दै बंगलाचुली-३ वडावासिको मुहारमा खुसी ल्याउने समेत बताउनुभयो ।

Facebook Comments