बैशाख -२३
गठबन्धनको बंगलाचुली गाउँपालिकामा चुनावी अभियान तिव्रताका साथ अगाडी बढेको छ । युवादेखि जेष्ठ नागरीकहरु सबै गठबन्धनलाई जिताउनका लागि घरदैलोदेखि र्यालीहरुमा समेत सहभागिता जनाउँदै आएका छन् ।
गाउँपालिका अध्यक्ष, उपाध्यक्षमा गठबन्धनका उम्मेदवारलाई जिताउन निकै उत्साहित रहेको संयुक्त चुनाव परिचालन समितिको संयोजक एबम नेपाली कांग्रेस बंगलाचुलिकीको सभापति जागेस्वर अधिकारिले जानकारी दिए ।
‘हामी रात दिन नभनी लागेका छौँ, मतदाताहरु पनि उत्तीकै उत्साहित छन् बंगलाचुलीमा मतदाताहरुको उपस्थितीले गठबन्धनको जित सुनिश्चित भएको हामीलाई लागेको छ । संयोजक अधिकारिले भने ।
बंगलाचुलीका ८ वटै वडाहरु चुनावी घरदैलो, र्याली हुँदै गर्दा मतदाताहरुले गठबन्धन हाम्रो लागि हित हुनेछ भन्दै गरेको छ्न ।परिवर्तन विकास र समृद्धिको आधार, बंगलाचुलिमा गठबन्धनको सरकार कायम गर्न र आफ्नो हक अधिकार शुनीश्चित गर्नुका साथै समृद्ध बंगलाचुली निर्माणका लागि ८ वटै वडाका मतदाताहरु माझ अध्यक्ष पदका गठबन्धनका साझा उमेदवार तुल्सीराम पुन मगर (सुवास) र उपाध्यक्ष पदका उमेदवार भक्तबहादुर जिसीलाई अत्याधिक बहुमतले विजय गराउन समेत अपिल गर्नु भयको छ ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।