वैशाख २३, दाङ ।
वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनका लागि उम्मेदवारहरूले घरदैलो कार्यक्रम तीव्र बनाएका छन् ।
दाङको बंगलाचुली गाउपालिका वडा नं. ३ मा नेपाली कांग्रेसले चुनावी प्रचारप्रसार र घरदैलो कार्यक्रमलाई तीव्र बनाएकाे छ ।
नेपाली काङ्ग्रेसका टेकबहादुर थापाकाे अध्यक्षमा उम्मेदवारी रहेकाे छ । घरदैलाे कार्यक्रममा भाेट माग्न गएका उम्मेदवारसँग जनताले विकास मागेका छन् ।
`स्थानीय सरकार आएपछि विकास हुन्छ, सुविधा हुन्छ भन्थे, हामीले सुविधाकाे महसुस गर्न पाएनाैँ । वडाबाटै हुने खालका कामका लागि पनि सदरमुकाम पुग्नु पर्ने रहेछ । विकास पनि भएन । वडाध्यक्षका उम्मेदवार टेकबहादुर थापासँग एक मतदाता गुनासाे सुनाउँदै थिए । उनले थपे, `हामी भाेट दिन्छौं तपाईंहरू विकास दिनुस् । शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राख्नुहाेला नि । पहिलेकाले पनि दिन्छौं भनेका हुन् तर पाएनौं ।
वडा नं. ३ मा नेपाली कांग्रेसबाट अध्यक्षका उम्मेदवार बनेका थापाले जनता विकासकाे आसमा बसेकाे बताए । `वडा नं. ३ का अधिकांश गाउँ, टाेलमा पुग्दा हामीसँग मतदाताले विकास माग्नुभएकाे छ । जनप्रतिनिधिले जनप्रतिनिधिकाे भन्दा पार्टीको भूमिका निर्वाह गरेकाे गुनासाे हामीले सुन्याैँ । जनतालाई दिइने सेवा सुविधामा पनि कार्यकर्तालाई प्राथमिकता दिएकाे सुन्याैँ ।´ उनले थपे, ` मैले जनताकाे गुनासाे टिपाेट गरेकाे छु । निर्वाचन
पछि ती गुनासाेलाई पहिलाे प्राथमिकतामा राखेर काम गर्नेछु । चुनावी मैदान जित हारकाे मैदान हाे । कांग्रेसकाे चुनावी महाेल एकदमै राम्राे भएकाे छ । जनताले कांग्रेसको नेतृत्व चाहेका छन् । विभेदकाे हाेइन समान भावना राखी सेवा सुविधा उपलब्ध गराउने नेतृत्वका लागि जनता आतुर छन् । म नेतृत्वमा रहँदा या नरहँदा वडाबासीकाे सारथि भएर काम गर्नेछु ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।