• ४ जेष्ठ २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
घोराहीमा थारु समुदायको महटवा प्रणालीलाई कानुनी मान्यता दिने गठबन्धनको प्रस्ताव




घोराहीमा थारु समुदायको न्याय प्रणाली महटवा प्रणालीलाई कानुनी मान्यता दिने तीन दलीय गठबन्धनले सार्वजनिक प्रतिबद्धता गरेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको तर्फबाट जारी गरिएको साझा घोषणापत्रको पहिलो बुँदामै यो प्रस्ताव समेटिएको छ ।

‘स्थानीय कला संस्कृति मौलिक पहिचान, गठबन्धन सरकारको बिशेष अभियान’ भन्ने नाराका साथ गठबन्धनले यो प्रस्ताव अघि सारेको छ ।

‘कला तथा संस्कृति कुनै पनि समाजका लागि बहुमूल्य सम्पत्ति त हुन नै, यसका साथै समाजको पहिचान र गौरव पनि हुन् । कला संस्कृति र सम्पदाहरु पर्यटन प्रबर्धनका आधार पनि हुन् । विगतको स्थानीय सरकारले स्थानीय कला संस्कृति र सम्पदाको क्षेत्रमा ध्यान पु¥याउन सकेको देखिदैन’– घोषणापत्रमा भनिएको छ ।

गठबन्धनको सरकारले स्थानीय कला संस्कृति र सम्पदाको संरक्षणमा निम्न काम गर्ने प्रतिबद्धता घोषणापत्रमा जनाइएको छः

१– यस क्षेत्रका आदिवासी थारुहरुको कला र संस्कृति संरक्षणका लागि योजना बनाइ लागु गरिने छ । मन्ठोरिया, भूइँयार, महटवालगायत मौलिक थारु संस्कार र प्रणालीको संरक्षण गरिने छ । थारु संग्रहालयलाई ब्यवस्थित गरिने छ ।

२– नेवार, मगरलगायत अन्य जाति सम्प्रदायका मौलिक संस्कृतिको संरक्षणमा प्रोत्साहन गरिने छ ।

३– उपमहानगरपालिकामा एक ऐतिहासिक तथा सांस्कृतिक संग्रहालय स्थापना गरिने छ ।

४– विद्यालय शिक्षाको स्थानीय पाठ्यक्रममा यस क्षेत्रको मौलिक कला, संस्कृति एवं यहाँका स्रष्टाहरुको सिर्जना समावेश गरिने छ ।

५– घोराहीमा एक कलाघर निर्माण गरिने छ । नगरस्तरीय सांस्कृतिक प्रतिष्ठानमार्फत कलाकार÷स्रष्टाहरुको अभिलेखीकरण, परिचयपत्रको ब्यवस्था र कलाकार कल्याण कोषको स्थापना गरिने छ । सर्जकहरुलाई नियमित सम्मान र पुरस्कारको ब्यवस्था गरिने छ । स्थानीय मौलिक तथा लोपोन्मुख झाँकी, गाथा, नृत्य नयाँ पुस्तामा हस्तान्तरण गर्न प्रशिक्षणका साथै विभिन्न बिधाका कार्यशाला र प्रतियोगिताहरु सञ्चालन गरिने छ ।

६– नगर क्षेत्रका साहित्यिक संस्थाहरुको भौतिक निर्माण, पुस्तकालय ब्यवस्थापन तथा सिर्जनात्मक गतिबिधिमा आवश्यक सहयोग उपलब्ध गराइने छ ।

७– बर्षेनी साहित्यकार तथा सर्जकहरुलाई पुरस्कार र सम्मान गर्ने कार्यक्रम बनाइने छ ।

Facebook Comments