• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
भूमिहीनको समस्याको समाधान (माओवादी केन्द्र)ले गर्छ: खड्का




शिवु खनाल
देउखुरी, २२ बैशाख। नेकपा (माओवादी केन्द्र) राजपुर गाउँपालिका अध्यक्ष पदका उम्मेदवार चक्रबहादुर खड्का शिखरले (माओवादी केन्द्र)ले नै भूमिहीनलाई जग्गाको मालिक बनाउने बताउनुभयो । अध्यक्ष पदका उम्मेदवार खड्काले भूमिहीनले जग्गा पाउने आश्वासन दिनुभएको छ ।
राजपुर गाउँपालिका वडा नम्बर १ माररिखोला स्थित चुनावी सभामा बोल्दै उम्मेदवार खड्काले राजपुर गाउँपालिका क्षेत्रभित्र रहेका सुकुम्बासीहरुको समस्याको समाधान (माओवादी केन्द्र)को सरकार आएपछि मात्रै हुने बताउनुभयो ।
आफू निर्वाचित भएपछि चाँडै समस्या समाधान गर्ने र लालपुर्जा बाँड्ने दिनमा पनि आफू जनताको घरदैलोमा आउने बताउनुभयो । चुनाव चिन्ह लिएर मतदातको घरमा आफ्नो पक्षमा भोट पार्न भ्याइनभ्याइ छ । घरदैलोमा पुगेर जनताका समस्या बुझ्दै नेतृत्वमा पुगेर समाधान गर्ने आश्वासन दिइरहेका छन् । विभिन्न योजनाका खाका लिएर दलका नेताहरु घरदैलोमा सक्रिय छन् ।
राजपुर गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)को तर्फबाट पालिका अध्यक्ष पदका लागी उम्मेदवार बन्नुभएका चक्रबहादुर खड्का शिखर पालिका क्षेत्रका विभिन्न वडाहरुमा पुगेर आफ्नो प्रतिवद्धता मतदाता माझ व्यक्त गर्नुभयो । उहाँले वडामा पुगेर राजपुर गाउँपालिकाको कामलाई सहज बनाउने र अव्यवस्थित बस्तीलाई व्यवस्थित बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
यस्तै चुनावी सभामा बोल्दै नेकपा (माओवादी केन्द्र)का राजपुर गाउँपालिका उपाध्यक्ष पदका उम्मेदवार पुष्पा यादवले आफूहरु निर्वाचित भए सुकुम्बासीका समस्या समाधान गर्ने प्रतिवद्धता पनि जनाउनु भएको छ ।

Facebook Comments