• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
माओवादी केन्द्र र जनमोर्चाको संयुक्त गठबन्धनले जनताको बिच पत्रकार सम्मेलन गरि सार्बजनिक गरे घोषणा पत्र




जगत खनाल राप्ती
नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको संयुक्त गठबन्धनले जनताको बिच पत्रकार सम्मेलन गरि आफ्नो देशकै नमुना गाउपालिका बनाउने उदेश्य सहितको घोषणा पत्र सार्बजनिक गरेको छ !
राप्ती गाउपालिका वडा नम्बर ५ कालापानीमा गाउँमा आयोजना गरिएको घोषणा पत्र सार्बजनिक कार्यक्रम माओवादी केन्द्र राप्ती गाउपालिका संगठन कमिटीका अध्यक्ष स्यामेस चौधरीको अध्यक्षता र लुम्बिनी प्रदेशको सरकारका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुको प्रमुख आतिथ्यता मा कार्यक्रम सम्पन्न भएको थियो !
११ पृष्ठ लामो घोषणा पत्रमा “सामाजिक , आर्थिक , पर्यावरण , सुशासन र पुर्वाधार ” ” सुखी र समूद्द जनता , राप्ती गाउपालिकाको आधार भन्ने नारा सहित शिक्षा युवा तथा खेलकुद , स्वास्थ्य ,महिला बालबालिका जेष्ठ नागरिक सामाजिक सुरक्षा र रोजगारी , कृषि पशुपालन तथा सिचाइ , सडक बिद्धुत खानेपानी तथा सरसफाइ , पर्यटन वन वातावरण तथा नदिजन्य पदार्थको व्याबस्थापन ,सुचना सञ्चार तथा प्रबिधी , सुशासन तथा व्यावस्थापन , आवास तथा राजधानी व्याबस्थापन शिर्षकमा देशकै नमुना गाउपालिका बनाउने उद्देश्य राखेको छ !
आधारभुत तहसम्मको शिक्षा अनिवार्य र माद्यामिक तह सम्मको शिक्षालाई निशुल्क गर्ने , अपाङ्ग भएका , आर्थिक रुपले विपन्न नागरिक तथा दलित समुदायका छात्रछात्रालाई उच्च शिक्षा अध्ययन गर्न सहयो गर्ने , शिक्षामा प्राविधिक तथा ब्याबसायिक शिक्षामा जोड दिदै पढदै कमाउदै कार्यक्रम सञ्चालन गर्ने , समुदायका लागि हाम्रो विद्यालय कार्यक्रम सञ्चालन गर्ने , खेलाडीहरुलाइ प्रोत्साहनमुलक सहयोग कार्यक्रम सञ्चालन गर्ने एक वडा एक खेलमैदान बाल उधान , कभर्डहल र पालिकास्थरिय खेलमैदान स्थापना गर्ने पनि घोषणा पत्रमा उल्लेख गरिएको छ !
आधारभुत स्वास्थ्य सेवालाइ निशुल्क गर्दै नेपाल सरकारले सञ्चानल गरेको स्वास्थ्य बिमा कार्यक्रमको लागि राप्ती गाउपालिका भित्रका अपाङ्ग भएका ब्याक्ती , जेष्ठ नागरिक र विपन्न परिवारलाई निशुल्क स्वास्थ्य बिमा गर्ने , सुरक्षीत आमा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने सल्यक्रिया सहितको प्रसुती सेवा प्रधान गरिने र सुत्केरीलाई यातायात खर्चको व्यवस्था गरिने , गाउपालिका भित्र ब्लड बैंकको स्थापना गरिने , अपाङ्गता भएका ब्याक्ती तथा जेष्ठ नागरिकको लागि साप्ताहिक मोबाइल अस्पताल सेवा प्रदान गरिने र ६० बर्ष माथिका उमेर समुहका नागरिकको लागि निशुल्क स्वास्थ्य परिक्षण गरिने पनि घोषणा पत्रमा उल्लेख गरिएको छ !
गरिब , एकल महिला र जेष्ठ नागरिकका लागि विधुतिय चुलो वितरण गरिने , प्रत्येक वडामा जेष्ठ नागरिक सेवाकेन्द्र स्थापना गरिने , गाउपालिका भित्रका स्वयसेविका हरुको लागि मासिक खाजा भत्ता स्वरुप प्रती स्वयंसेविका २००० रुपैयाँ उपलब्ध गराउने पनि घोषणा पत्रमा उल्लेख गरिएको छ !
कृषि बजारीकरणको व्यवस्था सहित सम्भाव्यताका आधारमा एक वडा एक कृषि उत्पादन पकेट क्षेत्र घोषणा गरिने , कृषि पेशामा युवाहरूलाई आकर्षक गर्न प्रविधिमैत्री र यान्त्रिकृत उच्च प्रतिफलदायी र सम्मानयोग्य रुपमा रुपान्तरण गर्न उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने पनि घोषणा पत्रमा उल्लेख गरिएको छ !
प्रत्येक गाउँटोलमा पुर्ण विधुतिकरणको व्यवस्था गर्ने , शुद्ध पिउने पानीको लागि एक घर एक घाराको व्यवस्था गर्ने , गाउँ तथा बजार क्षेत्रबाट संकलन भएको फोहोरमैलालाई ल्याण्डफिल साइटको स्थापना गरिने पनि उल्लेख गरिएको छ !
विभिन्न पर्यटकिय क्षेत्रको पहिचान गरि पर्यटन क्षेत्रको बिकास गरिने , देबिकोटमा रहेको भद्राक्षेदिबी मन्दिर लाई आधार बनाइ धार्मिक पर्यटकीय गन्तव्यको रुपमा बिकास गरिने पनि उल्लेख गरिएको छ !
राप्ती गाउपालिकाद्वारा आफ्नै रेडियो स्थापना गरि सूचना प्रवाह र सञ्चार क्षेत्रको बिकास गरिने , सुचना प्राविधिमैत्री पुस्तकालय स्थापना तथा सञ्चालन गरिने पनि उल्लेख गरिएको छ !
स्थानीय तहमा रहेका अभिलेखलाई डिजिटलाइज माध्यमबाट व्यावस्थित गरि नागरिकको पहुचमा पग्ने गरि अभिलेख राख्ने व्यवस्था मिलाइने , भ्रष्टाचार प्रति शुन्य सहनशीलता नीति अपनाइने र यस गाउपालिकाको बढ्दो बेरुजुलाई निरुत्साहित गरिने पनि उल्लेख गरिएको छ !
राप्ती गाउपालिकाको स्थापना अघि निर्माण भएका सम्पुर्ण घर नक्साहरुको अभिलेखिकरण गर्न सहजीकरण गरिने , संविधान प्रदत आवासक व्यवस्था कार्यान्वयन गर्न भुमी सम्बन्धि समस्या समाधान आयोगद्वारा सञ्चालित भिमिहिन तथा सुकुम्बासीहरुलाइ लालपुर्जा यथासिघ्र उपलब्ध गराउने पनि घोषणा पत्रमा उल्लेख गरिएको छ !
सयौं जनता र पत्रकारको उपस्थितमा गरिएको सार्बजनिक कार्यक्रममा अध्यक्ष पदका साझा उम्मेदवार प्रकाश बिष्टले पुरै घोषणा पत्र बाचन गर्नु भएको थियो !

Facebook Comments