• ९ फाल्गुन २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राप्ती इञ्जिनियरिङ कलेजमा दिक्षान्त कार्यक्रम सम्पन्न




घोराही, २१ बैशाख । राप्ती इञ्जिनियरिङ कलेज घोराही दाङको विई सिभिल र विसिएका कार्यक्रममा अध्ययन पुरा गरी पास भएका विद्यार्थीहरुको लागि आयोजित दिक्षान्त कार्यक्रम सम्पन्न भएको छ । कलेको आयोजनामा हिजो मंगलबार सो कार्यक्रम सम्पन्न भएको हो ।No description available.

राप्ती इञ्जिनियरिङ कलेज व्यवस्थापन समिति अध्यक्ष एवं प्रबन्ध निर्देशक डा.भीमसेन गिरीको सभापति तथा पोखरा विश्वविद्यालय, परीक्षा नियन्त्रण्ङ कार्यालयका परीक्षा नियन्त्रक डा. तुल्सीराम भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

प्रमुख अथिति भण्डारीले राप्ती इञ्जिनियरिङ कलेजले स्थानीय स्तरमा इञ्जिनियरिङ तथा आईटी शिक्षामा नेपालमै अब्बल रहेको र समाज रुपान्तरणको लागि महत्वपुर्ण भुमिका खेलेको बताउनु भयो । साथै उहांले राप्ती इञ्जिनियरिङ कलेजबाट दिक्षित हुने सम्पुर्ण विद्यार्थीहरुलाई आफूले प्राप्त गरेको शिक्षालाई सहि प्रयोग गरेर कलेज, विश्वविद्यालयको गरिमा बचाई राख्न सुझाव दिनुभएको थियो ।No description available.

कलेजका डाईरेक्टर मधुसुदन बैद्यको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा कलेजका प्रिन्सिपल रेशम गिरी, एकेडेमिक कोर्डिनेटर बाबुराम जोशी, दिक्षित विद्यार्थीहरुको तर्फबाट अभिशेक कुमार रौनियार लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण्ङ विसिए विभागका विभागिय प्रमुख विश्वबन्धु थापाले गर्नुभएको थियो ।

 

Facebook Comments