स्थानीय तहको दोस्रो निर्वाचन यही बैशाख ३० गते हुँदै छ । आसन्न स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरुको उम्मेवदारी दर्ता भइसकेको छ । सोही निर्वाचका लागि रोल्पाको दक्षिण क्षेत्रमा रहेको रुन्टीगढी गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनु भएका नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)का उम्मेदवार गोविन्द पुन ‘नजर’सँग सिस्ने अनलाइनका प्रबन्ध–सम्पादक जंगबहादुर रेउलेले चुनाव केन्द्रीत संक्षिप्त कुराकानी गर्नुभएको छ ।
१) स्वागत छ, तपाईलाई सिस्ने अनलाइनमा ?
– धन्यावद सिस्ने अनलाइनलाई मेरो दुई/चार शब्द राख्ने अवसर दिएकोमा ।
२) तपाईले स्थानीय निर्वाचनको लागि कुन पदमा उम्मेदवारी दर्ता गराउनु भयो र किन ?
– मैले रुन्टीगढी गाउँपालिकाको अध्यक्ष पदमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाट उम्मेदवारी दर्ता गराएको छु । र, आम जनताको जीवनमा परिर्वतन लिनु छ, त्यसैले हामीले भनेका छौं कि व्यवस्था बदल्यौ अब हामीले जनताको र समुदायको अवस्था बदल्नु छ । त्यसैले मेरो उम्मेदवारी हो ।
३) नेता चुवानको समयमा जनताको घरघरमा जाने तर, चुनाव सकिएपछि जनतालाई बिर्सने हुन्छन् भनेर जन गुनासो सुनिन्छ त्यसमा तपाई के भन्नुहुन्छ ?
– हामीले जनतालाई बिर्सने कुरै आउँदैन् किनभने हामी सधै जनतासँगै छौं, भन्दा चुनावमा विजयीपछि जनताको आगनमै गएर जनताको जीवन बदल्ने प्रयत्नमा हुन्छौं । जनता र गाउँ बिर्सने कुरा नगरौं ।
४) तपाईको चुनावी एजेण्डा के -कस्ता छन् ?
– जनताको जीवन बदल्न शिक्षा, स्वास्थ्य, र कृषिमा आधारित जीवन पहिलो हो भने दोस्रोमा भौतिक पूर्वाधार, पर्यटन र जनतालाई आफ्नो विकास आफै गर्ने र श्रममा आधारित विकास नै हो । हामीसँग यी/यस्ता एजेण्डाहरु रहेका छन् ।
५) चुनावी एजेण्डाहरु प्रायः घोषणा पत्रमै सीमित हुने गरेको पाइन्छ नि ?
– हामीले घोषणा पत्रमा उल्लेख गरेका कुराहरु सीमित हुने कुरै छैन् । किनभने हामीले भनेका छौं कि जनताको जीवन बदल्न शिक्षा, स्वास्थ्य, र कृषिमा आधारित जीवन पहिलो हो भने दोस्रोमा भौतिक पूर्वाधार, पर्यटन र जनतालाई आफ्नो विकास आफै गर्ने र श्रममा आधारित विकास नै हो । काम गछौं कुरामा सीमित हुदैन् ।
६) यदि तपाईले चुनाव जित्नु भयो भने के के काम गर्नुहुन्छ ? र, वडालाई कस्तो बनाउनु हुन्छ ?
– मैले शिक्षा, स्वास्थ्य र कृषिमा आधारित जीवनलाई पहिलो प्राथमिकतामा राख्छु र सिंगो रुन्टीगढी गाउँपालिकालाई आत्मनिर्भर बनाउने मेरो महल हुने छ । भने सम्पूर्ण जनतालाई आफ्नो विकास आफै गर्ने र समग्रमा समृद्धिको पहल गरी नमूना गाउँपालिका बनाउने छु ।
७) अन्त्यमा केही भन्नु छ ?
– सबै मतदाताहरुमा आफ्नो आफ्नो अमूल्य मत खेर नफालौं सिंगो व्यवस्था बदल्ने प्रयत्न गर्ने पार्टी अब अवस्था बदल्छु भन्ने पार्टी ने.क.पा.(माओवादी केन्द्र)का उम्मेदवारहरुलाई गोलाकार भित्र रहेको हँसिया हथौंडामा मतदान गरी म र मेरो सम्पूर्ण प्यानललाई आफ्नो अमूल्य मत दिएर विजयी बनाउनुहुन हार्दिक अपिल गर्दछु । धन्यवाद ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।