• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बंगलाचुलीमा वाइसिएल नेपाल र तरुण दलको संयुक्त भेला हुने ।




मुधुसुदन गिरी
कमिरेचौर २० बैशाख
नेकपा माओवादीको भाद्री संगठन वाइसिएल नेपाल नेपाली काङ्ग्रेसको भाद्री संगठन नेपाल तरुण दलको बैशाख २५ गते कमिरेचौर संयुक्त भेला गर्ने भयकाछन ।
यहि बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनलाइ लक्षित कार्यक्रम योजनाको लागि भेला गर्न लागेको नेपाल तरुण बंगलाचुलिका सभापति तारा सिंह बुढाले बताउनु भयो । बंगलाचुलीको गठबन्धन पार्टी नेकपा माओवादी केन्द्र का बंगलाचुली अध्यक्ष डोमाकान्त कवर, नेपाली काङ्ग्रेस महादिवेशन प्रदेश प्रतिनिधि नारायण भण्डारीको उपस्थितीमा बैठक बसि उक्त निर्णय भएको हो । साथै गठबन्धनको तर्फबाट उम्मेदवार दिनु भएका गाउँपालिका र वडाका उम्मेदवारहरुलाई विजय गराउनको लागि युवाहरुको महत्वपुर्ण भुमिका रहने भएकोले यो भेला गर्न लागिएको वाइसिएल नेपाल बंगलाचुली अध्यक्ष शुसिल परियारले जानकारि दिनुभयो । भेलामा उपस्थितको लागि सम्पुर्ण तरुण दलका कार्यसमिति र वाइसिएल नेपाल का सम्पुर्ण युवाहरुलाइ अनुरोध गरेको छ । भेलामा अन्य विभिन्न कार्यक्रम पनि आयोजना गरिएको छ । साथै चुनावमा हुने विभिन्न गलत क्रियाकलापलाइ नियन्त्रण गर्ने उदेश्य र जनता माझ चेतना विकस गर्नको निम्ति भेला आयोजना गरिएको वाइसिएल नेपाल बंगलाचुलीका अध्यक्ष परियारले जानकारी दिनुभयो ।

Facebook Comments