शिवु खनाल
देउखुरी, २० बैशाख ।
उम्मेदवारी दर्तापछि आफ्नो पक्षमा मत पार्न उम्मेदवारहरू चुनावी अभियान लिएर मतदाता भेट्न निस्केका छन् । सबैभन्दा चर्चामा रहेको नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० को तर्फबाट लमही नगरपालिका उपमेयर पदका लागि उम्मेदवार बन्नुभएको गणेशकुमार चौधरी लमही नगरपालिका अन्तरगत विभिन्न वडाहरूमा बिहानैदेखि भोट माग्न व्यस्त रहनु भएको छ ।
काठमाडौंको विभिन्न कार्यक्रम सकेर संघीय सांसद मेटमणी चौधरी पनि निर्वाचन क्षेत्र आइपुग्नु भएको छ । पार्टीका विभिन्न उम्मेदवारहरूलाई सघाउ सांसद चौधरी आफ्नो निर्वाचन क्षेत्रमा आउनु भएको सांसदका स्वकीय सचिव गौरबसिंह महराले जानकारी दिनुभएको छ ।
कार्यकर्तासहित नेताहरुले मतदाता भेटघाट थालेका हुन् । चुनावी घोषणा पत्र र प्रतिबद्धता व्यक्त गर्दै नेताहरुले भोट माग्न थालेका छन् । संघीय सांसद चौधरी आफ्नो निर्वाचन क्षेत्रमा समाजवादी जिताऔं अभियान अन्तरगत मतदातालाई भेट्न खटिनुभएको छ ।
आन्तरिक तयारी सकेर चुनावी अभियानमा निस्केको लमही नगरपालिका उपमेयर पदका उम्मेदवार गणेश चौधरीको भनाइ छ । घरदैलो कार्यक्रममा आफन्त, छिमेकी र मतदातासंग भेटघाट गर्ने अभियान चलिरहेको उम्मेदवार चौधरीले जानकारी दिनुभयो । उहाँले चुनावी परिचालन कमिटी बनाएर अघि बढेको बताउनुभयो ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।