बंगलाचुली गाउँपालिकाको गठबन्धनका उपाध्यक्ष पदका उम्मेदवार भक्तबहादुर जिसीले स्थानीय तह कार्यकर्ता भर्ती केन्द्र हुन नहुने बताएका छन् ।
दाङकाे बंंगलाचुली विभिन्न वडामा आयाेजित चुनावी सभालाई सम्बाेधन गर्दै एस्थानीय तहलाई भर्ती केन्द्र नहुने बताएका हुन् । गठबन्धन स्थानीय तहमा जनताकाे सहजै पहुँच पुर्याउनका लागि भएकाे उनले प्रष्ट पारे ।
एमाले विकासका नाममा जनतालाई सास्ती दिने काम भएकाे उल्लेख गर्दै जिसीले वर्षाैदेखिका समस्या चुनावी सँघारमा समाधान गर्ने नाटक गर्ने समेत बताए ।
वर्षाैँदेखिनजनतालाई सास्ती दिदै आएकोमा तपाईं सबै सचेत रहनुहाेला, कुनै न कुनै बाहनामा तपाईंलाई प्रलाेभनमा पार्न सक्नेछन्, प्रलाेभनका ललिपप देखाइनेछ । प्रलाेभनमा नफस्नुहाेला ।´
नेकपा एमालेकाे ज्यादती घाम जत्तिकै छर्लङ्ग भएकाे उल्लेख गर्दै जि.शि.ले जनताले भाेगेका सास्ती र विभेदकाे व्यवहारकाे अन्त्य गर्न गठबन्धन आवश्यक रहेकाे बताए ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।