• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
एमालेको प्रतिगमन र अराजक शैलीका कारण गठबन्धन गर्न बाध्यःपुन




बंगलाचुली । बंगलाचुलीमा गठबन्धको चुनावी रौनक बढेको छ । सोमबार बंगलाचुलीको विभिन्न वडाहरुमा अध्यक्ष पदका उम्मेदवार तुलसीराम पुन सुवास उपाध्यक्ष पदका उम्मेदवार भक्तबहादुर जिसी लगायत गठबन्धनका नेताहरूले चुनावी अभियानलाई सम्बोधन गरेका छन् । यसैबीच बंगलाचुली ५ कुडुल्केमा भएको चुनावी सभामा गठबन्धनका उम्मेदवारहरुलाई वडाबासीले भव्य स्वागत गरेका हुन् ।No description available.

बंगलाचुकी वडा नंं. ५ को कुडुल्केमा भएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष पदका उम्मेदवार तुलसीराम पुन सुवासले एमालेको प्रतिगमन र अराजक शैलीका कारण गठबन्धन गर्न बाध्य भएको बताए ।No description available.

उनले जनताले एमालेको प्रवृत्ति बुझिसकेको बताउँदै उनले आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनका उम्मेदवारहरु भारी मतका साथ विजयी हुनेमा ढुक्क रहेको जिकिर गरे । साथै बंगलाचुलीको विकास र समृद्धिका लागि गठबन्धनको विकल्प नरहेको समेत स्पष्ट पारे ।No description available.

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पदका उम्मेदवार भक्तबहादुर जिसीले शिक्षा सडक, स्वास्थ्य, सिचाई आफ्नो प्रमुख एजेन्डा रहेको बताउँदै बंगलाचुलीको विकासका लागि अत्यधिक बहुमतले विजयी गराउन अपिल समेत गरे ।No description available.

Facebook Comments