बंगलाचुली । बंगलाचुलीमा गठबन्धको चुनावी रौनक बढेको छ । सोमबार बंगलाचुलीको विभिन्न वडाहरुमा अध्यक्ष पदका उम्मेदवार तुलसीराम पुन सुवास उपाध्यक्ष पदका उम्मेदवार भक्तबहादुर जिसी लगायत गठबन्धनका नेताहरूले चुनावी अभियानलाई सम्बोधन गरेका छन् । यसैबीच बंगलाचुली ५ कुडुल्केमा भएको चुनावी सभामा गठबन्धनका उम्मेदवारहरुलाई वडाबासीले भव्य स्वागत गरेका हुन् ।
बंगलाचुकी वडा नंं. ५ को कुडुल्केमा भएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष पदका उम्मेदवार तुलसीराम पुन सुवासले एमालेको प्रतिगमन र अराजक शैलीका कारण गठबन्धन गर्न बाध्य भएको बताए ।
उनले जनताले एमालेको प्रवृत्ति बुझिसकेको बताउँदै उनले आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनका उम्मेदवारहरु भारी मतका साथ विजयी हुनेमा ढुक्क रहेको जिकिर गरे । साथै बंगलाचुलीको विकास र समृद्धिका लागि गठबन्धनको विकल्प नरहेको समेत स्पष्ट पारे ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पदका उम्मेदवार भक्तबहादुर जिसीले शिक्षा सडक, स्वास्थ्य, सिचाई आफ्नो प्रमुख एजेन्डा रहेको बताउँदै बंगलाचुलीको विकासका लागि अत्यधिक बहुमतले विजयी गराउन अपिल समेत गरे ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।