• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सिस्नेका जनतालाई विकासको अनुभूति गराउने उम्मेदवार रेग्मीको प्रतिवद्धता




मदन वि.सी/सिस्ने गाउँपालिका अध्यक्षका उम्मेद्धार कृष्ण रेग्मीले सिस्नेका जनतालाई विकासको अनुभूति गराउने प्रतिवद्धता गर्नुभएको छ । आइतबार सिस्नेको पाखापानीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै रेग्मीले यस्तो बताउनुभएको हो ।No description available.
गाउँपालिकाकै दुर्गम वडा १ नम्बर वडालाई सडक सञ्जालमा जोडन आफनो पहिलो प्राथमिकता हुने रेग्मीले बताउनुभयो । यातायात नै विकासको मेरुदण्ड हो रेग्मीले भन्नुभयो मेरो कार्यकालमा सिस्नेलाई जसरि भएपनि सडक सञ्जालमा जोडछु । ५ वर्ष पछि सिस्नेमा आउने उम्मेद्धारलाई भोट माग्न आउँदा गाडिमा चढेर आउने वातावरण हामि बनाउछौ उहाँले थप्नुभयो त्यसको लागि हजुरहरुको साथ जरुर छ । यस्तै सिस्नेका सवै गाउँमा विद्युतिकरण गर्ने, मादण्ड सहतिका विद्यालयका भवन र दक्ष जनशक्तिको व्यवस्था गर्ने रेग्मीले सिस्नेका जनतासंग प्रतिवद्धता गर्नुभएको छ । आफुहरु निर्वाचित भएको पहिलो वर्षमा भट्टेर्चौरमा रहेको स्वास्थ्यचौकीलाई व्यवस्थित गर्ने, पाखापानीमा रहेको सामुदायिक स्वास्थ्य इकाईलाई सञ्चालनमा ल्याउने, सवै बस्तिमा विद्युत र खानेपानीको पहुँच पुर्याउने बताउनुभयो ।No description available.
यस्तै उपाध्यक्षका उम्मेद्धार आस्था वि।कले सवै बस्तिमा खेलकुद र खेलमैदानको व्यवस्था गर्ने, कृषिमा यान्त्रिकरण गर्ने, पर्यटन क्षेत्रलाई व्यवस्थित गर्ने प्रतिवद्धता जनाउनु भएको छ । हरेक कार्यक्रममा महिलाको सहभागिता बढाउन र विकास निर्माणमा महिलालाई जोडन विशेष आर्थिक प्याकेजको पनि व्यवस्था गर्ने वि।क को भनाई छ । सिस्नेमा हुने विभिन्न विपद व्यवस्थापन नियन्त्रण र युवालाई उत्पादनका क्षेत्रमा जोडन ध्यान दिने उहाँहरुले बताउनुभएको छ ।
सिस्नेको समृद्धि र विकासको लागि माओबादि केन्द्रका उम्मेद्धारलाई नेतृत्वका लागि भोट दिन केन्द्रिय सदस्य सुबोधराज सिर्पालीले अनुरोध गर्नुभएको छ । सिस्नेमा अहिलेसम्म भएका सवै विकास निर्माणका कामहरु माओबादिले गरेको सिर्पालीले स्मरण गराउनुभयो । सिस्नेमा निर्माण भएका टेलिफोन टावर, विद्युत, पुल, शिक्षा, स्वास्थ्य लगायत सवै विकासको जग माओबादिले बसालेको उहाँको दावि थियो । किसानका उत्पादन बजारसम्म र्पुयाउन र दुर्गम सिस्नेलाई सुगममा रुपान्तरण गर्न माओबादि केन्द्रका उम्मेद्धारहरुलाई विजय गराउन सिस्नेली जनतालाई उहाँले अपिल गर्नुभएको छ ।

Facebook Comments