• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सिस्नेमा माओबादी केन्द्रको चुनावी अभियान सम्पन्न




मदन वि.सी सिस्ने/रुकुम पूर्वको सिस्ने गाउँपालिका १ सिस्नेमा माओबादि केन्द्रले चु्नावी आम सभा सम्पन्न गरेको छ । माओवादि केन्द्र १ नम्बर वडापालिकाले बैशाख ३० गते हुने स्थानिय तहको चुनाव लक्षित कार्यक्रमलाई तिव्रताका साथ वडामा सञ्चालन गरि राखेको छ । सोहि क्रममा स्थानिय तह निर्वाचन चुनावी परिचालन समिति १ नम्बर वडाको आयोजनामा माओबादि केन्द्रले पाखापानीमा चुनावी आम सभा सम्पन्न गरेको हो ।No description available.
ठुलो सिस्ने, लाम्पाखा, ओखरेना र पाखापानी बस्तिको केन्द्र पाखापानीमा सभा सम्पन्न गरिएको माओबादि केन्द्रले जनाएको छ । १ नम्बर वडामा माओबादि केन्द्रले टोलटोलमा चुनाव लक्षित अन्य कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । सिस्नेका हरेक बस्तिमा उम्मेद्धार चिनाउने र नमुना मतपत्रमा मतदान गर्ने तरिका बारे जानकारी गराउने काम सञ्चालन गरिरहेको वडा कमिटी अध्यक्ष देपेन्द्र बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार अभियानको क्रममा चुनाव प्रचारप्रसार टोलीले मतदातालाई चुनाव चिन्ह, र माओबादि केन्द्रका उम्मेद्धारलाई भोट हाल्ने तरिका बारेमा पनि प्रशिक्षण दिने क्रम जारी रहेको छ ।No description available.
पखापानीमा भएको आम सभामा सिस्नेका नागरिकले उम्मेद्धार समक्ष विभिन्न विकासका पूर्वाधारको माग गरेका थिए । नागरिकले राखेका मागको सम्बोधन गर्ने अध्यक्षका उम्मेद्धार रेग्मीले बचन दिनुभएको छ ।
चुनावी सभामा पूर्वी सिस्नेका सायौ जनताको सहभागिता रहेको थियो । वडा कमिटि अध्यक्ष देपेन्द्र बुढाको अध्यक्षतामा सम्पन्न भएको चुनावी सभा कार्यक्रममा नेकपा माओबादि केन्द्रका केन्द्रिय सदस्य सुबोधराज सिर्पालीको प्रमुख र सिस्ने गाउँपालिका अध्यक्षका उम्मेद्धार कृष्ण रेग्मीको विशेष उपस्थिति रहेको थियो ।No description available.

यस्तै कार्यक्रममा माओबादि केन्द्रका सिस्ने गाउँपालिका अध्यक्ष मनसराम खड्का भिक्टर, गाउँपालिकाका पाटी सचिव कर्णबहादुर खत्री, उपाध्यक्षका उम्मेद्धार आस्था वि।क, वाइसियलका जिल्ला संयोजक तिलक रेउले भास्कर, वाइसियलका प्रदेश कमिटि सदस्य विवेक खड्का, वडा अध्यक्षका उम्मेद्धार रजबहादुर बुढा लगायत माओबादि केन्द्र निकट नेता कार्यकता र एक नम्बर वडाका सयौ जनताको उपस्थिति रहेको थियो ।No description available.
१ नम्बर वडा सरकारका अध्यक्ष मानबहादुर बुढाको स्वागत मन्तव्य रहेको चुनावी सभा कार्यक्रमको सञ्चालन वडा कमिटि सहसचिव लोकेन्द्र बुढाले गर्नुभएको थियो ।

Facebook Comments