• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बाघको आक्रमणबाट ६५ वर्षीय दाहालको मृत्यु




 

चितवनमा बाघले आक्रमणबाट एकजना पुरुषको मृत्यु भएको छ । आइतबार बिहान घाँस काट्न कुमरोज मध्यवर्ती सामुदायिक वनमा गएका खैरहनी नगरपालिका-१३ बैरियाका ६५ वर्षीय नारायण दाहालको बाघले आक्रमण गर्दा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

राप्ती घाँसे मैदानमा घाँस काट्दै गर्दा दाहाललाई बाघले आक्रमण गरेको छ भन्ने खबर प्राप्त भएपछि खोजीका लागि प्रहरी, राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको टोली हात्तीसहित जंगल छिरेको थियो ।

दाहालको शव बाघले आक्रमण गरेको ठाउँभन्दा अन्दाजी १ किलोमिटर पर बिहान १० बजे तिर फेला परेको चितवन प्रहरीका प्रवक्ता डीएसपी नरहरि अधिकारीले बताए ।

Facebook Comments