• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुममा नेकपा माओवादी केन्द्रकाे चुनावी अभियान सुचारु




रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका नेकपा माओवादी केन्द्रले चुनावी अभियान सुचारू गरेकाे छ । वैशाख ३० मा हुने स्थानीय निर्वाचन लक्षित चुनावी अभियान सुचारु गरिएको हाे । चुनावी अभियान पुथा उत्तरगंगा गाउँपालिका १२ काेल देखि चुनावी अभियान सुचारु गरिएकाे छ । चुनावी अभियानमा र्याली गरि काेल गाउँलेलाई परिक्रमा गरि गाउँकाे लामाे ठारा भनी चिनिने ठाउँमा काेण सभा गरिएकाे थियाे ।

काेण सभामा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व आपूर्ति मन्त्री गणेशमान पुन, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व खेलकुद मन्त्री दलजित सिर्पाली, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य तेजबहादुर ओली, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य भिउमान घर्ती, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य महेन्द्र बुढा, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य तथा पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष ओम कुमारी शाही, नेकपा माओवादी केन्द्र पुथा उत्तरगंगा समिति अध्यक्ष हर्कबहादुर कामी लगायतकाे उपश्थिती रहेकाे थियाे ।

चुनावी अभियानकाे काेण सभामा स्थानीय तह निर्वाचनको लागि गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्र बाट सिफारिस भएका पुनिराज घर्ती र उपाध्यक्षमा नेकपा माओवादी केन्द्र सिफारिस भएका भुपेन्द्र बुढाले मन्तव्य मार्फत आफ्ना प्रतिबद्धता प्रस्तुत गरेका थिय । उपाध्यक्षमा सिफारिस बुढाले आफू पुथा उत्तरगंगा गाउँपालिका वडा नं. १२ काे चेली भएकोले सम्पूर्ण काे १२ नं. वडा बासीलाई आफुहरुलाई बिजय बनाउन अपिल गर्नु भयाे भने अध्यक्षमा सिफारिस पुनिराज घर्तीले पनि १२ नं. वडा वासीलाई आफुलाई बिजय बनाउन अपिल गर्नु भयाे । विशेष गरि नेकपा माओवादी केन्द्रले गाउँपालिका अध्यक्षमा घर्तीलाई सिफारिस गर्दा १२ नं. वडा बासी असन्तुष्ट भएका थिय । असन्तुष्टि भएको यस वडालाई नै विकास पहिलाे प्रथामिकता दिने प्रतिबद्धता जजाउनु भयाे । अध्यक्षमा सिफारिस घर्तीलाई गाउँपालिका स्थानान्तरण मुद्दाकाे आराेप लागेकोले १२ नं. वासी असन्तुष्ट भएका हुन । सिफारिस अध्यक्ष घर्तीले उक्त मुद्दामा आफ्नो कुनै हात नभएको स्पष्टता दिनु भयाे साथै घर्तीले उक्त समयमा आफ्नो कुनैकुनै ठाउँमा गल्ती भएकाे भए आफुले माफी माग्न तयार रहेकाे बताउनु भयाे ।

काेलमा रहेको चुनावी अभियानकाे सुचारु काेण सभामा नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य गणेशमान पुन, नेकपा माओवादी कन्द्र केन्द्रीय सदस्य तेजबहादुर ओली र नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य दलजित सिर्पालीले आफ्न मन्तव्य राख्नु भएकाे थियाे । पुथा उत्तरगंगा नेकपा माओवादी केन्द्र उपाध्यक्ष गंगा बहादुर पुनकाे स्वागत मन्तव्य रहेकाे काेण सभा कार्यक्रमकाे सभा अध्यक्ष पुथा उत्तरगंगा १२ नेकपा माओवादी केन्द्र अध्यक्ष तारा प्रसाद रसाइलीकाे रहेकाे थियाे भने कार्यक्रमकाे सन्चालन वडा समिति सचिव मन्जित पुनले गर्नु भएकाे थियाे ।

Facebook Comments