• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमपश्चिममा तीन महिला सदस्य निर्विरोध




रुकुम पश्चिममा तीन जना महिला सदस्य निर्विरोध निर्वाचित हुनुभएको छ । स्थानीय तह निर्वाचनको लागि मनोनयन फिर्ता लिने क्रममा तीन जना महिला सदस्य निर्विरोध निर्वाचित हुनुभएको हो ।

निर्वाचन अधिकृतको कार्यालय चौरजहारीका निर्वाचन अधिकृत द्रोणदत्त पौडेलका अनुसार चौरजहारी नगरपालिका वडा नम्वर ८ को दलित महिला सदस्य पदको उम्मेदवार रश्मि बिक सार्की निर्विरोध निर्वाचित हुनुभएको हो ।

त्यसैगरी आठबिसकोट नगरपालिका वडा नम्वर २ को दलित महिला सदस्यमा जुन कुमारी बिक पनि निर्विरोध निर्वाचित हुनुभएको छ । उहाँसँगै आठबिसकोट नगरपालिका वडा नम्वर ८ का शशि पुन मगर पनि निर्विरोध निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार महिला सदस्य पदका लागि उहाँको मात्र उम्मेदवारी दाखिला भएकाले निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो ।

एक जनाको मात्र मनोनयन पत्र पत्र दाखिला भएकोले उहाँहरु निर्विरोध निर्वाचित हुनुभएको हो । तीनै जना महिला सदस्यहरु नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बन्नुभएको हो ।

स्थानीय तह निर्वाचन २०७३ को दफा २५ बमोजिम उहाँलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Facebook Comments