• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही ८ का स्वतन्त्र र ९ का कांग्रेस उम्मेदवारले गठबन्धनलाई सहयोग गर्ने




घोराही, १७ बैशाख । घोराही उपमहानगरपालिका वडा नं ८ का अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार पिताम्वर वलीलले गठबन्धनबाट उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका धनिराम चौधरीलाई समर्थन गर्नुभएको छ ।

त्यसैगरी घोराही वडा नं ९ मा वडा अध्यक्ष पदका कांग्रेसबाट उम्मेदवारी दिनुभएका शरद विक समिपले गठबन्धनको तर्फबाट उम्मेदवारी दिनुभएका नेकपा माओवादी केन्द्रका उम्मेदवार चैतु चौधरीलाई समर्थन गर्नुभएको छ ।

वली र समिपले शनिवार विज्ञप्ती जारी गरेर गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । उहाँहरुले गठबन्धनको सहमति अनुसार निर्माण भएको प्यानलाई सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको थियो ।

वली र समिपले संयुक्त निर्वाचन परिचालन समितिका संयोजक भिमप्रकाश खड्का र सह संयोजक तुलसीराम डाँगी मिलनको रोहबरमा छलफल गरेर गठबन्धनका आधिकारी उम्मेदवारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । उहाँहरुले विज्ञप्तीमा गठबन्धनका साझा उम्मेदवारहरुलाई विजयी गराउन आँफूहरु लागिपर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।

Facebook Comments