• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
शिक्षा, स्वास्थ्य, कृषि, रोजगारलाई पहिलो प्राथमिकतामा राखेको छु- घर्ती




स्थानीय तहको दोस्रो निर्वाचन यही बैशाख ३० गते हुँदै छ । आसन्न स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरुको उम्मेवदारी दर्ता भइसकेको छ । सोही निर्वाचका लागि रोल्पा जिल्लाको दक्षिण भेगमा रहेको रुन्टीगढी गाउँपालिका ६ नम्बर वडाको अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनु भएका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार खिमबहादुर घर्तीसँग सिस्ने अनलाइनका प्रबन्ध– सम्पादक जंगबहादुर रेउलेले चुनाव केन्द्रीत संक्षिप्त कुराकानी गर्नुभएको छ ।No description available.

१) स्वागत छ, तपाईलाई सिस्ने अनलाइनमा ?
– धन्यावद सिस्ने अनलाइनलाई मेरो दुई/चार कुरा राख्ने अवसर दिएकोमा ।
२) तपाईले स्थानीय निर्वाचनको लागि कुन पदमा उम्मेदवारी दर्ता गराउनु भयो र किन ?
– मैले रुन्टीगढी गाउँपालिका वडा नं. ६ को वडा अध्यक्ष पदका लागि नेकपा(माओवादी केन्द्र) बाट उम्मेदवारी दिएको छु ।
– किनभने २०७४ सालको स्थानीय निर्वाचनमा पनि सबै जनताले मलाई वडा सदस्यमा निर्वाचित गरेर पठाउँनु भयो र त्यो ५ वर्षको कार्यकालमा हामीले केही न केही जनताको हितका लागि काम गरेको छौं । त्यो कामलाई निरन्तरता दिनको लागि र बाँकी रहेका थुप्रै जनताका कामहरु पुरा गर्न फेरिपनि पार्टी र जनताको माग तथा सल्लाह अनुसार मैले वडा अध्यक्षको पदमा उम्मेवदारी दिएको हुँ । त्यसकारणले सदैव जनताको हक र हितको लागि आफ्नो अमूल्य समय जनता समक्ष समर्पित गर्नेछु ।May be an image of 7 people and text
३) नेता चुवानको समयमा जनताको घरघरमा जाने तर, चुनाव सकिएपछि जनतालाई बिर्सने हुन्छन् भनेर जन गुनासो सुनिन्छ त्यसमा तपाई के भन्नुहुन्छ ?
– कुरा सहि हो, तर स्थानीय चुनावमा बढी भन्दा बढी दौडधुप हुने गर्दछ । सबै राजनीतिक पार्टीका नेता कार्यकर्ताहरु जनतका घरघरमा जाने भएकाले नेताहरु बढी भएको जस्तो देखिन्छ । तर, सारमा त्यस्तो होइन्, हामी सधै जनताको बीचमा हुन्छौं ।
४) तपाईको चुनावी एजेण्डा के कस्ता छन् ?
– मेरो चुनावी एजेण्डा भन्दा शिक्षा, स्वास्थ्य, कृषि, रोजगारलाई पहिलो प्राथमिकतामा राखेको छु । यो हाम्रो वडा नं. ६ मा लगभग भौतिक संरचनाहरु निर्माण भएका छन् । ती निर्माण भएका बाटो, खानेपानी लगायतका विभिन्न क्षेत्रमा सुधार गरी अगाडि बढ्ने र विद्युत लगायतका समस्याकोे समाधान गर्ने मेरो पहिलो प्राथमिकता हुनेछ ।
५) चुनावी एजेण्डाहरु प्रायः घोषणा पत्रमै सीमित हुने गरेको पाइन्छ नि ?
– हामी जनताहरुमा गर्न सक्ने विकास निर्माणको कामहरु मात्र घोषणा पत्रमा समावेश गर्ने गर्दछौं र त्यसमा केही दीर्घकालिन योजना पनि रहेका हुन्छन् । जुन ७/८ वर्ष लाग्ने ती काम क्रमागत रुपमा अगाडि बढ्ने गर्छन् । त्यसकारणले गर्दा जनतामा निरासापन देखिन्छ ।
६) यदि तपाईले चुनाव जित्नु भयो भने के -के काम गर्नुहुन्छ ? र, वडालाई कस्तो बनाउनु हुन्छ ?
– यदि हामी स्थानीय निर्वाचन जितेर आयौ भने शिक्षा, स्वास्थ्य, कृषिमा जोड दिनेछौं । सबै टोलटोलमा रहेका मोटर बाटोहरुको स्तरोन्नति गर्ने छौं । किसानको हकमा उत्पादनमा वृद्धिका लागि विभिन्न किसान लक्षित कार्यक्रमहरु बनाउँने छौं । त्यस्तै बालबालिका, किशोर, किशोरी लगायत सबै क्षेत्रलाई समेटेर वडा नं. ६ लाई विकाससँगै निकासमा परिवर्तन हुनेछ ।
७) अन्त्यमा केही भन्नु छ ?
– रुन्टीगढी गाउँपालिका वडा नं. ६ को ( माओवादी केन्द्र) वडा अध्यक्ष पदमा म लगायत गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित ७ जनाको प्यानललाई हाम्रो चुनाव चिन्ह गोलाकार भित्रको हसिया हथौँडामा मतदान गरी विजयी बनाउनुहुन आम रुन्टीगढी ६ नं. वडाबासीहरुमा अनुरोध गर्दछु ।

 

Facebook Comments