• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विकास माग्न गाउँपालिका धाउन पर्दैन्: पुन




दाङकाे बंगलाचुली पालिकाका अध्यक्ष पद्का उम्मेदवारका तुलसिराम पुन (सुवास)ले विकास खाेज्न पालिका हाेइन विकास वडा र टाेलटाेलमा आउने बताएका छन् ।
आज बंगलाचुली का विभिन्न वडा मा आयाेजित भेलालाई सम्बाेधन गर्दै पुनले साना साना विकास लागि समेत गाउँपालिका बारम्बार धाएर झन्झटिलो बनाएकाे उल्लेख गर्दै अब त्यस्ता कामका लागि झन्झटिलो नबनाइने बताए ।
`विकासमा भेदभाव मात्र हाेइन, विकासका कामलाई सहज बनाउने छाैँ । आफ्नालाई सहज ढङ्गबाट र अरूलाई दिक्दार लाग्नेसम्मकाे व्यवहार गरेकाे गुनासाे हामीसँग छन् । ´ उनले थपे, ` हामीले भेदभावको विकास गर्दैनाैँ । वडा कार्यालयलाई अधिकार सम्पन्न बनाएर वडाबाट सहज ढङ्गबाट सेवा दिने विश्वास दिलाउन चाहन्छाैँ ।´

Facebook Comments