• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बंगलाचुली गाउँपालिकामा चुनावी अभियान तीब्र




कमिरेचौर, १६ बैशाख। चुनावको दिन नजिकिदै जाँदा दाङको बंगलाचुली गाउँपालिकामा राजनितिक दलहरुले स्थानिय तह निर्वाचन लक्षित चुनावी अभियानलाई तिब्र दिएका छन् । बंगलाचुली गाउँपालिकामा संयुक्त गठबन्धनका तर्फबाट अध्यक्ष र उपाअध्यक्ष पदका उम्मेद्वारहरुले चुनावी अभियानलाई तिब्र पार्नुभएको हो ।No description available.

बंगलाचुली गाउँपालिकामा गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षमा नेकपा माओबादी पार्टीले तुल्सीराम पुनमगर शुवासलाई उम्मेद्वार बनाएको छ। भने नेपाली काग्रेसले गाउँपालिका उपाध्यक्ष पदमा भक्त बहादुर जिसीलाई उम्मेद्वार बनाएको छ ।

अहिले गठबन्धनका उम्मेद्वारहरुले घर भेटघाट, शभा तथा अन्य चुनाव लक्षित कार्यक्रमहरु संचालन गरिरहेको संयुक्त चुनाव प्रचार प्रशार समितिले बताएको छ। संयुक्त गठबन्धनले बंगलाचुली गाउँपालिकाको प्रत्येक वडाहरुमा चुनाव प्रचार प्रसार कार्यक्रमलाई तिब्र पार्नुभएको छ । यसैविच बंगलाचुली गाउँपालिका वडा नम्बर ६ को अमारे,सिउँडे,गँदारीमा आज चुनावी कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रममा बोल्दै गठबन्धनका तर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेद्वार तुल्सीराम पुनमगर शुवासले बंगलाचुलीको दिगो र सन्तुलित विकासका लागि बंगलाचुलीमा गठबन्धनका उम्मेद्वारहरुलाई वीजयी बनाउनुपर्ने बताउनुभयो । उहाँले अहिलेको गठबन्धन प्रतिगमनलाई परास्त गर्न र देशमा संविधानको रक्षा, दिगो शासन व्यवस्था स्थापनागरी जनतालाई परिवर्तनको आभाष दिलाउनका लागि भएको बताउनुभयो ।

यस्तै गठबन्धनका उपाध्यक्ष पदका उम्मेद्वार भक्त बहादुर जिसीले समुन्नत बंगलाचुली बनाउने आफुहरुको अभियानमा जनताको साथको आवश्यक रहेको बताउनुभयो । उहाँले त्यसको लागि जनताले आउँदो निर्वाचनमा गठबन्धनका उम्मेद्वारहरुलाई मतदान गरी विजयी बनाउनु पर्ने बताउनुभयो ।

कार्यक्रममा बंगलाचुली गाउँपालिकाका निवर्तमान अध्यक्ष भक्त बहादुर वली, बंगलाचुली गाउँपालिका वडा नम्बर ६ का गडबन्धनका वडा अध्यक्ष पदका उम्मेद्वार डोम बहादुर केसी लगाएतले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण नेकपा मओबादी बंगलाचुली गाउँपालिका वडा नम्बर ६ का पार्टी ईन्चार्ज शुसिल परियारले गर्नुभएको थियो ।

यस्तै बंगलाचुली गाउँपालिकामा नेकपा एमालेले पनि आफ्नो चुनावी अभियानलाई तिब्र पारेको छ । बंगलाचुली गाउँपालिकामा एक्लै चुनावी मैदानमा होमिएको एमालेले जित हात पार्नका लागि आफ्नो चुनावी अभियान तिब्र पारेको छ । नेकपा एमालेको चुनावी शभा आज बंगलाचुली गाउँपालिका वडा नम्बर ८ को हाँसीपुरमा आज सम्पन्न भएको छ ।शभालाई सम्बोधन गर्न नेकपा एमालेका महासिचव शंकर पोखरेल हाँसीपुर आउनु भएको थियो ।

सभालाई सम्बोधन गर्दै नेकपा एमालेका महासचिव संशर पोखरेलले विकास र समवृद्धी नेकपा एमाले पार्टीले मात्रै ल्याउने दावी गर्नुभएको छ । उहाँले आफु मुख्यमन्त्री हुँदा बंगलाचुली गाउँपालिकाको विकासका लागि महत्वपूर्ण कार्यहरु गरेको र अबका दिनमा पनि गर्ने प्रतिवद्धना जनाउनु भएको छ ।

यस्तै शभालाई सम्बोधन गर्दै नेकपा एमाले पोलित व्युरोसदस्य शान्ता चौधरीले देशको विकास गर्ने सच्चा पार्टी एमाले मात्रै रहेको दावी गर्नुभएको छ । उहाँले एमालेलै बंगलाचुलीको पनि विकास गर्ने बताउनुभयो । शभालाई नेकपा एमाले जिल्ला सचिव मनोहर बुढाथोकी,गाउँपालिका अध्यक्षका उम्मेद्वार भेषराज खत्री लगाएतले सम्बोधन गर्नुभएको थियो । खपीराम थापाको अध्यक्षता हेमराज पुन को स्वागत मन्तबव्य बाट शभा सुरु भएको थियो ।

Facebook Comments