• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुन्टीगढीमा माओवादी केन्द्र,जनमोर्चा र समाजवादीले चुनावी गठबन्धन गर्ने निर्णय




घोराही, १६ बैशाख । रोल्पाको रुन्टीगढी गाउँपालिकामा आसन्न बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा सत्ता गठबन्धनका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीले चुनाव गठबन्धन गरेर जाने निर्णय गरेका छन् । सत्ता गठबन्धका तीन दलिय पार्टीको आज शुक्रबार होलेरीमा संयुक्त रुपमा बसेको बैठकले सो निर्णय गरेका हो ।No description available.

नेकपा (माओवादी केन्द्र) रुन्टीगढीका अध्यक्ष जगतबहादुर घर्ती, राष्ट्रिय जनमोर्चाका रुन्टीगढीका प्रतिनिध भिके पुन र नेकपा एकीकृत समाजवादी रुन्टीगढी गाउँपालिकाका सह इञ्चार्ज दिलबहादुर खड्काले संयुक्त रुपमा हस्ताक्षेरित विज्ञप्तिमा भनिएको छ-‘ गठबन्धन भित्र रहेका हामी नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादी पार्टीको संयुक्त बैठक बसी यस रुन्टीगढी गाउँपालिकाभित्र आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तीन दलिय गठबन्ध गर्ने निर्णयमा पुगेका छौं ।’

यसै सन्दर्भमा रुन्टीगढी गाउँपालिकाभित्रका तीन दलिय जन समुदाय तथा सम्पूर्ण मतादाताहरुमा तीन दलिय गठबन्धलका उम्मेदवारहरुलाई मतदान गरी अत्याधिक मतले विजयी गराउन हुन अनुरोध गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comments