• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नगरपालिकामा सार्वजनिक सुनुवाई तथा पञ्चबर्षिय प्रगति सार्वजनिकीकरण




रुकुम (पश्चिम)को मुसिकोट नगरपालिकामा सार्वजनिक सुनुवाई तथा नगरपालिकाको पञ्चबर्षिय प्रगति सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको आयोजना र रेडियो सानीभेरी एफ।एमको सहजीकरणमा सार्वजनिक सुनुवाई तथा नगरपालिकाको पञ्चबर्षिय प्रगति सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भएको हो ।

No description available.

यहि बैशाख १६ गते शुक्रबार नगरपालिकाको ५ नम्बर वडा स्थीत सहिद स्मृति हलमा सम्पन्न कार्यक्रममा नगरपालिकाका प्रमुख देविलाल गौतम, प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर पुन, नगरपालिका अन्तरगतका वडा अध्यक्षहरु र उपलब्ध जनप्रतिनीधि तथा कर्मचारीहरु, नागरिक समाजका अगुवा, स्थानीय बुद्धिजीबि र बिभिन्न मिडियामा आबद्ध पत्रकारहरु लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा मुसिकोट नगरपालिकाले तयार पारेको पञ्चबर्षिय प्रगति सार्वजनिकीकरण गर्नुका साथै नगरपालिकामा पहिलो जननिर्वाचित पदाधिकारीहरुले गरेका विकास निर्माणहरु लगागतका बिभिन्न गतिबीधि समेटिएको पुस्तक बिमोचन गरिएको नगरपालिकाले जनाएको छ ।No description available.

 

उक्त पञ्चबर्षिय गतिबीधि समेटिएको पुस्तकको बिमोजन नगर प्रमुख देविलाल गौतमले गर्नु भएको थियो । त्यसैगरि कार्यक्रममा नगरपालिकाले हालसम्म गरेका कामकाजका बिषयमा सेवाग्राहीहरुले सामान्य जिज्ञासा राख्नु भएको थियो ।

कार्यक्रममा नगरपालिकाको तर्फबाट नगर प्रमुख देविलाल गौतमले र कार्यालयका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर पुनले सहभागिले उठाउनु भएका जिज्ञासाको जवाफ दिनुभएको बताइएको छ । कार्यक्रमको सहजीकरण पत्रकार देव कुमार ओलीले गर्नु भएको थियो ।

Facebook Comments