• ७ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
डढेलोको प्रकोप : वायु प्रदूषणसँगै जनस्वास्थ्यमा ठूलो असर, यस्ता छन् बच्ने उपाय ?




जंगबहादुर रेउले
घोराही । गर्मी याम शुरु भएसँगै वर्षेनी आगलागीका घटनाहरु बढ्दै गइरहेका छन् । सुख्खा मौसममा बढ्ने आगलागीको कारण वर्षेनी धनजनको ठूलो क्षेती हुने गरेको छ । आगलागीले धनजनको क्षेतीमात्र होइन्, वायु प्रदूषणपनि उत्तिकै बढिरहेको छ । विशेष गरेर चैत, बैशाख र जेठ महिनामा सबैभन्दा बढी आगलागी हुने समय मानिएतापनि पछिल्लो वर्षहरुमा लामो समयसम्म सुख्खा र खडेरीका कारण नेपालमा मध्यहिउँदेखि नै डढेलो बढ्न थालेको छ ।

No description available.
सुख्खा मौसमा मानिसहरुले वन जंगल, भिरपाखा, घाँसे मैदान तथा खरबारीमा विभिन्न निउमा जानी–जानी लगाउने आगो अनियन्त्रित भई मानव वस्ती तथा वन्यजस्तुलाई ठूलो नोक्सानी पु¥याउने गरेको छ । तर, राज्यले डढेलोको प्रकोप नियन्त्रणका लागि वर्षेनी करोडौं बजेट विनियोजन गरेतापनि त्यसको प्रभावकारी कार्यान्वयन हुन् सकेको छैन् । डढेलो नियन्त्रणका लागि प्रर्याप्त दक्ष जनशक्ति र उचित स्रोत तथा साधन नहुँनु हो । यद्यपि डढेलो सम्बन्धीका जनचेतनामूलक कार्यक्रमकै अभाव कारण डढेलो नियन्त्रण तथा रोकथाममा जटिलता हुने गरेको छ । वन ऐन २०७६ मा डढेलो लगाउने वा आगलागी हुने कार्य गर्नेलाई विगो असुर गरी ६० हजारसम्म जरिवाना र तीन वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहको भएतापनि ऐनमै सीमित छ ।

लुम्बिनी प्रदेशमा पर्ने दाङ जिल्लापनि डढेलोको उच्च जोखिममा रहेको छ । दाङमा पनि वर्षेनी आगलागीको घटनाहरु बढ्दै गएका छन् । गतवर्ष लमही नगरपालिका – ६ मा रहेको कुर्री सामुदायिक वनमा करिब दुई दिनसम्म लगातार आगो लागेको थियो । जुन आगो करिब ५ हेक्टर वनको क्षेत्रफलसम्म फैलिन पुग्यो । जिल्लाका अन्य चुरे पहाडहरुसँग जोडिएको सामुदायिक वनहरुमा पनि डढेलो लागेको थियो । सो डढेलोको कारण जिल्लामा रहेका धेरै वन क्षेत्र क्षेती हुन पुग्यो । डढेलो नियन्त्रण गर्नका लागि उचित स्रोत, साधन नहुँदा स्याउलाको भरपर्नु पर्ने बाध्यता रहेको छ ।
तर, यो वर्ष छिटपुट रुपमा आगलागी भएतापनि त्यसले ठूलो रुपमा लिन सकेको छैन् । डढेलोको उच्च जोखिम मानिने दाङ जिल्लामा सम्बन्धित निकायबाट डढेलो नियन्त्रणका लागि सामान्यतया प्रचारप्रसार तथा केही सामग्री वितरणमै सीमित रहेको पाइन्छ । स्थानीय सरकार गठन भएको ५ वर्ष बित्दै गर्दा दाङ जिल्लामा स्थानीय सरकारको डढेलो नियन्त्रण तथा रोकथामका लागि खासै चासो देखाएकोे देखिदैन् ।

दाङ जिल्लामा गतवर्षको तुलनामा यो वर्ष डढेलो घटनाहरु छिटपुट रुपमा देखिएको डिजिन वन कार्यालय दाङले जनाएको छ । जिल्लामा रहेका ३८० सामुदायिक वनहरुमा २० वर्षको तथ्यांकलाई हेर्दा ८४ वटा सामुदाकि वन डढेलोको उच्च जोखिममा रहको कार्यालयले बताएको हो । डढेलोलाई नितान्त शुन्य बनाउ नसकिने भएतापनि त्यसलाई न्यूनिकरण गर्न सकिने डिभिजन वन कार्यालय दाङका प्रमुख मोहन श्रेष्ठले बताए । उनले डढेलोको उच्च जोखिममा रहेका विद्यालयमा गएर सचेतनामूलक कार्यक्रमहरु गर्ने, पूर्वयोजना बनाउने, डढेलो लाग्नै नदिने उपाय खोजी गर्ने, प्रचारप्रसार व्यापक बनाउने तथा सामुदायिक वनभित्र अग्नी रेखा निर्माण गर्ने लगायतको काम गरेकोे जानकारी दिए ।

वनका प्रमुख मोहन श्रेष्ठका अनुसार जोखिम रहेका सामुदायिक वनमा रहेका पात, पतिंगरहरु संकलन गरेर प्रांगारिक मल बनाउने योजना रहेको र दाङका सामुदायिक वनमा ५ किलोमिटर नयाँ अग्नी रेखा निर्माण गर्ने योजना अनुसार बबईको पुरधनारामा २ किलोमिटर नयाँ अग्नी रेखा निर्माण गरिसकिएको छ ।

गत चैत महिनासम्म जिल्ला कुनैपनि आगलागीको घटनाहरु नभएतापनि नयाँ वर्षको शुरुवातसँगै अम्बे सामुदायिक वन, कालिका भगवति सामुदायिक वन, ज्यामिरे सामुदायिक वनमा छिटपुट रुपमा आगलागी भएको र सो आगोलाई वन समूह, वन कार्यालय तथा प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा ल्याइ ठूलो क्षेति हुनबाट जोगाएकोे तथा दाङ अहिलेसम्म सेफ जोनमा रहेको उनको जिकिर गरे ।

घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले गर्मी मौसमसँगै हावाहुरीको कारण आगलागीको घटनाहरु बढ्ने गरेको बताएका छन् । उनले घोराही उपमहानरभित्रका १ र १९ नम्बर वडा डढेलोको उच्च जोखिममा रहेको हुँदा आगलागी नियन्त्रणका लागि दमकलको व्यवस्था गरिएको भएतापनि भौगोलिक जटिलताका कारण दमकल सबै ठाउँमा पुग्न नसकेको बताए ।

चुरे पहाडहरुसँग जोडिएका सामुदायिक वनहरुमा डढेलो नियन्त्रण गर्नका लागि योजना बनाएर अग्नी रेखा निर्माण गर्ने तथा डढेलो उच्च जोखिममा रहेका ठाउँहरुमा आगलागी सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु व्यापक गर्नुपर्ने उनको भनाइ छ ।

तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले उपमहानगरमा विपत व्यवस्थापनका लागि आपतकालिक केन्द्रमार्फत काम भइरहेको बताए । उनले उपमहानगरभित्रका घर तथा बस्तीहरुमा आगलागीका घटनाहरु भएमा त्यसको नियन्त्रणका लागि दमकलको प्रयोग हुने र उपमहानगरभित्रका स्वयंसेवकहरुलाई डढेलो नियन्त्रण सम्बन्धी तालिम दिएको तथा सामुदायिक वन समूहहरुलाई सचेतनामूलक कार्यक्रम समेत दिइसेको जानकारी दिए ।

उपमहानगरले संघ र प्रदेशसँग समन्वय गरेर डढेलो नियन्त्रण गर्ने उचित स्रोत, साधन जुटाउने कार्य गरिरहेको तथा उद्धारका लागि एउटा दमकल, आठ वटा एम्बुलेन्स, एयर बलहरु, प्रविधिका अन्य सामग्री भएको र सामुदायिक वनहरुमा अग्नी रेखा निर्माण गर्ने तथा वन जंगल सरसफाई गर्नुपर्ने उनको भनाइ छ ।

वन तथा वातावरण मन्त्रालयका प्रवक्ता मेघनाथ काफ्लेले गर्मी सिजन बढेसँगै फाटफुट रुपमा आगलागीका घटनाहरु देखिदै गएको बताए । उनले गतवर्ष देशभर डढेला अत्याधिक बढेको र यो वर्ष अहिलेसम्म आगलागीको घटना खासै नदिएतापनि यो सिजनामा डढेलोको समस्या बढ्दै जाने जिकिर गरे ।

वन तथा सामुदायिक वनहरुमा लाग्ने डढेलोले वातावरण तथा वायु प्रदूषणमा ठूलो असर पार्ने उनले जानकारी दिए । “नेपालमा विभिन्न चौध वटा तथ्यांक हेर्दा डढेलोको कारण वायु प्रदूषण बढेको देखिएको छ,” प्रवक्ता काफ्लेले भने “ डढेलोबाट निस्कने धुवा, धुलो र खरानीको कारण वातावरणसँगै जनस्वास्थ्यमा ठूलो असर पार्छ । अहिले यो सिजनमा डढेलो वायु प्रदूषणको मुख्य कारकको रुपमा देखिन्छ ।”

वनमा लाग्ने आगो प्रायः मानवीय कारण हुने भएको र वन क्षेत्र अधिकांश सामुदायिक वनले ओगटेको हुँदा डढेलो नियन्त्रणका लागि सामुदायिक वनमा अग्नी रेखा निर्माण गर्ने तथा डढेलोकोको उच्च जोखिम रहेका ठाउँहरुमा जनचेनामूलक कार्यक्रम गर्ने र प्रचारप्रसारलाई तीब्र बनाउनु पर्ने उनको भनाइ रहेको छ ।

डढेलोले कस्तो असर पार्छ ?
डढेलोले वन विनास, जैविक विविधतामा ह्रास, वातावरणीय विनास तथा सामाजि तथा आर्थिक क्षेत्रमा मुख्य असर गर्ने गरेको पाइन्छ । जसमा रुख र पनरोत्पादनको क्षेति, वन्यजन्तु माथिको क्षेति र असर, वनको उत्पादन क्षमता र रक्षात्मक क्षमता तथा माटोको क्षेति, वनस्पतिको विविधतामा ह्रास, जीवजन्तुको विविधतामा ह्रास, वर्षाको अनियमितता, जलभण्डारमा कमी, वायुमण्डलीय प्रदूषणमा बुद्धि तथ हरित गृह प्रभाव, मौसम परिवर्तन तथा कृषि उत्पादनमा कमी, मनोरञ्जनात्मक मूल्यको विनास, विकास निर्माण कार्यमा असर, बाढी, पहिरो, आगलागी, धनजनको क्षति वन अतिक्रमणमा असर देखिन्छ ।

वन डढेलोबाट कसरी बच्ने ?
वन व्यवस्थापन क्रियाकलाप संचालन गर्ने, अग्नी नियन्त्रण टोली र दस्ता गठन गर्ने, अत्याधिक गर्मीको समयमा वन पौदवार संकलनमा रोक लगाउने, सख्खा समयमा (फागुनदेखि जेठ) सम्म वन गस्तीको व्यवस्था मिलाउने, वनमा अग्नी रेखा निर्माण गर्नेसाथै भएका अग्नी रेखाहरुको सरसफाई गर्ने, सरोकारवालासँग आवश्यक समन्वय गर्ने, वनक्षेत्र भित्र बीचबीचमा सदावहार प्रजातिको हरितपेटी निर्माण गर्ने, डढेलो संवेदनशिल क्षेत्रमा जनचेतनामूलक होर्डिङ बोर्डहरु राख्ने, माइकिङ गर्ने, सडक नाटक गर्ने, विद्यालय तथा कलेजका पाठ्यक्रममा डढेलो सम्बन्धी विषयवस्तु समावेश गर्ने,सुख्खा समयमा वन क्षेत्रबाट ज्वलनशिल वस्तु हटाउने, रेडियो, टिभी, पत्रपत्रिका, सामाजिक संजाल लगायतका संचार माध्यमबाट डढेलो सम्बन्धी व्यापक प्रचारप्रसार गरेमा डढेलो न्यूनिकरण गर्न सकिन्छ ।

 

Facebook Comments