• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
माण्डवी गाउँपालिकाले निकाल्यो शैक्षिक क्यालेण्डर




प्यूठानको  माण्डवी गाउँपालिकाले शैक्षिक सुधार र विद्यार्थीकाे सर्वाङगीण विकास गर्न शैक्षिकसत्र २०७९ मा गरिने अतिरिक्त क्रियाकलापहरू र पालिकास्तरबाट गरिने सम्पूर्ण शैक्षिक कार्यक्रमहरू समेटेर वार्षिक शैक्षिक क्यालेण्डर निर्माण सम्पन्न गरेकाे छ ।

शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी बनाउन आवश्यक एकाइ योजना, पाठयोजना तथा अतिरिक्त क्रियाकलापहरु समेटेर प्यूठानको माण्डवी गाउपालिका शिक्षा शाखाले वार्षिक शैक्षिक क्यालेण्डर निर्माण सम्पन्न गरेकाे हाे।

बार्षिक शैक्षिक गतिविधि,अतिरिक्त क्रियाकलाप , पालिका स्तरिय कार्यक्रम गर्नुपर्ने काम र पालिका भित्र रहेका विद्यालयहरुकाे तस्विर र विभिन्न शिक्षा सम्बन्धि जानकारी मुलक तथ्यांकहरू समेटेर बनाईएकाे शैक्षिक क्यालेण्डर निर्माण समिति संयाेजक बलराम पुनले जानकारी दिनुभयो ।

विद्यालयकाे कक्षा कोठाभित्र र बाहिरका क्रियाकलाप सञ्चालन गर्न ,योजनाबद्ध रूपमा शैक्षिक गतिविधि सञ्चालन गर्न सजिलो हाेस भन्ने उद्देश्यका साथ माण्डवी गाउपालिका भित्रका सम्पूर्ण सामुदायिक तथा निजि विद्यालयकाे शैक्षिक गुणस्तरलाई सुदृढ गर्न वार्षिक शैक्षिक क्यालेण्डर निर्माण गरिएको माण्डवी गाउपालिका शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख तुल्सी कार्कीले जानकारी दिनुभयो ।

शैक्षिक पात्रो सबै विद्यालयहरूमा प्रयोग गरी शैक्षणिक गतिविधीलाई नियमित र नियन्त्रित गर्न सकेमा विद्यमान शैक्षिक क्षति, विकृति र विसंगतिलाई न्यूनिकरण गर्न अहम भूमिका खेल्ने माण्डवी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शिशिर रिजालले बताउनुभयो ।

उक्त क्यालेण्डर निर्माण गर्दा ७ सद्स्यीय शैक्षिक क्यालेण्डर निर्माण समिति गठन गरि आवश्यक खर्चकाे विनियोजन माण्डवी गाउँपालिकाले गरेकाे छ ।

Facebook Comments