• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लुम्बिनी प्रदेशको राजधानीको दुर्गम गाउँ : न बिजुली बत्ती छ, न खानेपानी




जगत खनाल / सबैलाई थाहा छ लुम्बिनी प्रदेशको स्थाइ राजधानी राप्ती गाउँपालिका अलि सुगम र सुबिधा सम्पन्न भएको गाउँ पालिका हो, तर यहि गाउँपालिकामा यस्ता गाउँ छन त्यहाँ अहिले सम्म न बिजुली पुगेको छ न खानेपानी पुगेको छ ।

राप्ती गाउँपालिका वडा नम्बर ९,२,१ का तेस्ता पहाडी गाउँ छन तेहाका स्थानीय बासिन्दाले अहिले सम्म संविधानले ग्यारेन्टी गरेको जनताले पाउनु पर्ने आधारभूत सुबिधा सम्म पाएका छैन् ।

राप्ती गाउपालिका का पहाडी गाउँ बगासोती , स्यानिघोस , बयर पाटा , रुपाकोट लगायतका गाउँटोल मा बस्ने बासिन्दाले अहिले सम्म खानेपानी पाउन सकेका छैनन्।

सरकारले तेहा बस्ने जनतालाई पानी खुवाउने उदेश्यले पानी ट्यांकी निर्माण गरेको वर्षौं बित्दा पनि बिजुलिको उचित व्यबस्था नहुदा ती खानेपानीका योजना अलपत्र परेका छन ।
जनताको जीवन स्तर उठाउन सक्दो पहल गरेपनी भौगोलिक विकटताका कारण अहिले सम्म सार्थकता पाउन नसकेको वडा नम्बर ९ का वडा अध्यक्ष रिम बहादुर सुनारीले जानकारी दिनु भएको छ । प्रदेश सरकार र गाउपालिकाले करोडौं रकम खानेपानीमा खर्छ गरेता पनि अझै जनताको घरमा खानेपानी पुराउन सकेको छैन ।

पाहाडी क्षेत्रमा बिकास गर्न कठिन छ धेरै रकम बिनियोजन गर्न नसक्दा बाटो बिजुली र खानेपानी जनताको घरमा पुराउन सकिएको छैन वडा नम्बर २ का वडा अध्यक्ष जगत बहादुर थापाको भनाइ थियो ।

पर्यटन , जडिबुटी , फलफूल , बाख्रा पालनको थुप्रै सम्भावना रहेको उक्त ठाउँमा योजना बनाएर लाग्नु पर्ने देखिन्छ । स्वस्थानी कथामा उल्लेख भए अनुसार पार्बतिको घुडा पतन भएको भद्राक्षे देबिको मन्दिर ले थुप्रै आन्तरिक तथा बाह्य पर्यटक लाई आक्रसित गर्न सक्छ ।

करिब एक हजार मतदान रहेका उक्त गाउँहरुमा सुबिधा सम्पन्न रिसोर्ट , जडिबुटी , फलफूल र बाख्रा पालन को पकेट क्षेत्र बनाउन सकिन्छ । महेन्द्र राजमार्गदेखि करिब ७ किलोमीटरमा अबस्थित उक्त गाउँहरुबाट देउखुरी उपत्यका बङलाचुली गाउपालिकाको पहाडी क्षेत्र अबलोकन गर्न सकिन्छ ।

पर्यटन को थुप्रै सम्भावना रहेको उक्त गाउँहरुमा योजना बनाएर बाटो , बिजुली , खानेपानीको बिकास गर्दै पर्यटनको हब बनाउने तर्फ ध्यान दिने कि ?

Facebook Comments