• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विकास पर्खिरहेको एउटा गाउँ




जगत खनाल/ लुम्बिनी प्रदेशको स्थायी राजधानीको केन्द्र भालुबाङदेखि करिब ७ किलोमीटर मा रहेको राप्ती गाउँपालिका वडा नम्बर १ मा रहेको मछिताल गाउँ जहाँ अहिलेसम्म कुनै बिकास भएको छैन् । प्युठान सडकसँग करिब ५०० मिटरको दुरिमा रहेको यो गाउँमा सामान्य एउटा कच्ची बाटो मात्र रहेको छ । बिद्धुतिय बिस्तार भने रहेको उक्त गाउमा खानेपानीको चरम समस्या रहेको छ । कुमाल जातिको मात्र बसोबास रहेको उक्त गाउमा अहिले सम्म खरको छाना भएको थुप्रै घर हरु देख्न सकिन्छ । सोलार सिस्टम बाट सिचाइको ब्यबस्था सामान्य रहेको छ ।

नाम्सालिङ संस्था र गाउँपालिकाको लगानिमा सम्पन्न भएको उक्त सिचाइ योजना अपुग भएको स्थानिय बासिन्दा रिखिराम कुमालले जानकारी दिनु भएको छ ।
जङ्गलको छेउमा रहेको उक्त गाउका स्थानीय बासिन्दा ले परम्परागत पसुपालन गरिरहेका छन । बेरोजगारी र चरम गरिबिको समस्या रहेको उक्त गाउमा अहिले सम्म कुनै बिकास गर्न कुनै पनि निकाएको ध्यान जान सकेको छैन ।

राप्ती नदिको नजिकै अबस्थित उक्त गाउँमा बिकास गर्न सके नमुना गाउँ बन्न सक्ने सम्भावना देखिन्छ ।

Facebook Comments