शिवु खनाल
देउखुरी, १३ बैशाख । नेकपा (माओवादी केन्द्र) राजपुर गाउँपालिका इञ्चार्ज चक्रबहादुर खड्का (शिखर) अहिले जनप्रतिनिधि बनेर स्थानीय राजपुरबासीहरूको सेवा गर्ने मनसाय सहित चुनावी मैदानमा उत्रेका छन् । खड्काले राजपुर गाउँपालिका अध्यक्ष पदको लागि उम्मेदवारी दर्ता गराउनु भएको छ ।
खड्का राजपुर गाउँपालिका वडा नम्बर ७ डगमारानाका निवासी हुनुहुन्छ । हाल राजपुर ५ जंग्रहवा बस्दै आउनु भएको छ । उम्मेदवारी दर्तासंगै खड्का यतिबेला स्थानीय जनताको घर(घरमा पुगेर भेटघाटलाई तिब्रता दिनुका साथै जनतासँग परामर्शमा सक्रिय रहेका खड्काको उम्मेदवारीले समग्र राजपुरवासी नै उत्साहित देखिएको उहाँले बताउनुभयो ।
स्थानीय जनताले उम्मेदवारी नै दिन सल्लाह, सुझाव र अनुरोध गर्न थालेपछि चुनावी मैदानमा होमिएको खड्काले बताउनुभयो । ०७४ को स्थानीय तहको निर्वाचनमा कांग्रेसले राजपुर गाउँपालिकामा चुनाव जित्न सफल भएको थियो । तर राजपुर सरकारको कार्यशैलीले जनता आजित भइसकेकोले नेकपा ९माओवादी केन्द्र० को तर्फबाट जनतामा जाने मनसाय बनाएको खड्काले बताउनुभयो ।
निरन्तर समाजको लागि खटिइरहेका खड्काले राजपुर गाउँपालिका अन्तरगत क्षेत्रमा पर्ने नेपाल(भारत सीमावर्ती क्षेत्रका नाकाबासीहरूले दैनिकी भोग्नु परेको, खानेपनीको समस्या, सडक, विद्युत्, सञ्चार, शिक्षा, लगायतका आधारभुत समस्या कनिका छरेजस्तै बजेट छर्ने परिपाटी जस्ता समस्यालाई समाधान गर्ने योजना बनाएर चुनावी मैदानमा होमिएको खड्काले धारणा राख्नुभएको छ ।
राजपुर गाउँपालिका अध्यक्ष पदका लागि उम्मेदवार बन्नु भएको खड्का अहिले जनताको घरदैलो गरिरहेका स्थानीय जनतासँग के कस्ता समस्या छन् बुझिरहनुभएको छ । जनताको चाहना र आवश्यकतालाई राम्ररी बुझेर जनउत्तरदायि जनप्रतिनिधिको रुपमा कार्य गर्ने लक्ष्य लिएका खड्का यतिबेला स्थानीय क्षेत्रमा चर्चा पाइरहेका छन् ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।