• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बंगलचुली गाउँपालिका संयुक्त गठबन्धन निर्वाचन परिचालन समितिको बैठक कमिरेचौरमा सम्पन्न




कमिरेचौर,१३ बैशाख । बैशाख ३० गते हुने स्थानिय निर्वाचन को लागि दाङको बंगलाचुलीमा संयुक्त गठबन्धन निर्वाच परिचालन समितिको बैठक आज कमिरेचौरमा सम्पन्न भएको छ । नेपाली काङ्ग्रेस बंगलाचुली गाउँपालिका सभापति जागेश्वर अधिकारी अध्यक्षतामा उक्त बैठक बसेको हो ।

बैठकले संयुक्त गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पदको उम्मेद्वार तुलसिराम पुन सुवास नेपाली काङ्ग्रेस को तर्फबाट उपाध्यक्ष पदको उम्मेद्वार भक्त बहादुर जि सि लगायत बंगलाचुली गाउँपालिकाको ४ वटा वडा वडा न.१ वडा न. ५ वडा न. ६ र वडा न. ७ मा रहेको संयुक्त गठबन्धन लाइ जसरी पनि विजय गराउनको लागी सबै आ आफ्नो तर्फबाट लाग्नुपर्ने बैठकमा सहभागि नेताहरुले धारणा राखेका थिए ।

त्यस्तै मित्रवत प्रतिसपर्धा गर्ने वडा न. २ वडा न. ३ वडा न. ४ र वडा न. ८ मा सौहार्द रुपमा चुनावी प्रतिस्पर्दामा सहभागि हुने र उक्त वडाहरुकाट पनि संयुक्त गठबन्धनको तर्फबाट बंगलाचुली गाउँपालिकामा खडा गरिएका उम्मेदवारलाइ विजयी बनाउने बैठकले निर्णय गरेको छ ।

बैठकमा गठबन्धनको तर्फबाट अध्यक्ष पदका उम्मेदवार तुलसीराम पुन सुवास, उपाध्यक्ष पदका उम्मेद्वार भक्त बहादुर जि सि, नेपाली काङ्ग्रेस प्रदेश प्रतिनिधि सदस्य नारायण भण्डारी, प्रदेश प्रतिनिधि सदस्य धुर्वकुमार पुन, दाङ जिल्ला सदस्य जित बहादुर वली, र माओवादी केन्द्रको तर्फबाट बंगलाचुली गाउँकमिटि अध्यक्ष डोमाकान्त कवर, प्रदेश कमिटि सदस्य चुरामणि नेपाली जिवन, निवर्तमान उपाध्यक्ष यमुना थपा घर्ति मगर लगायत दुवै तर्फका राजनितिक दलका पालिकाका पदाधिकारी र प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments